खेल

ला-लिगाको लिडर च्याम्पियन्स लिगमा पनि उत्कृष्ट प्रदर्शन

ला-लिगाको लिडर च्याम्पियन्स लिगमा पनि उत्कृष्ट प्रदर्शन
कात्तिक–४ । जारी च्याम्पियन्स लिगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले लगातार तेस्रो जित दर्ता गरेको छ । athletico समूह ‘डी’मा रहेको एथ्लेटिको मड्रिडले बुधबार राति भएको खेलमा रुसी क्लब एफसी रोस्तोभलाई १–० गोलले हराएर आफ्नो जित दर्ता गरेको हो । एथ्लेटिकोका लागि यानिक काररास्कोले ६२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । रियल मड्रिड र बार्सिलोनालाई पछि पार्दै ला लिगा लिडर रहेको एथ्लेटिको तीन खेलबाट ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । यस्तै बायर्न म्युनिखले पिएसभी एन्थोभलाई ४–१ ले हराएको छ । ६ अंकसहित बायर्न म्युनिख दोस्रो स्थानमा छ ।

Athletico Real Madrid

विशेष