जेष्ठनागरिक लक्षित सजिलो फोन, आपतकालिन अवस्थामा एकै पटक ५ जनालाई फोन गर्न सकिने
कात्तिक – २१ । जेष्ठ नागरिकका लागि नेपाली बजारमा छुट्टै किसिमकाे मोबाइल फोन भित्रिएको छ । जेष्ठनागरिकमैली वेबसाइट सिनियर बजार डट्कमले जेष्ठनागरिकका लागि इजिफोन भित्र्याएको हो ।
यो इजिफोन जेष्ठनागरिकका लागि अति उपयोगी हुने संचालक सागर कटुवाल बताउँछन् । यो मोबाइल विशेष गरी जेष्ठनागरिकका लागि बनाइएको उनको भनाइ छ । 'इजिफोनमा एउटा स्वीच (एसओएस) छ जुन थिच्दा एकै पटक पाँच जनालाई फोन अथवा सन्देश जान सक्छ ।' उनले भने 'कुनै वृद्ध व्यक्तिले आपतकालिन अवस्थामा यो सुविधा प्रयोग गर्न सक्छन् ।'
यस फोनमा ठूलो अक्षरमा किप्याड राखिएको छ । साथै वृद्ध ब्यक्तिलाई अक्षर चिन्न गाह्रो हुने हुँदा नाम र नम्बर सेभ गर्दा फोटो पनि राख्न सकिन्छ । नम्बर डायल गर्दा पहिला फोटो देखिने भएकाले जेष्ठनागरिकलाई कसलाई फोन गर्ने भन्ने सहिलै छुट्याउन सक्ने एक्जुकेटिभ डिरेक्टर आरती पौडेलले बताइन् । यो फोनमा १२ जनासम्मको फोटो कन्ट्याक्ट राख्न सकिन्छ ।
२.२ इन्चको स्त्रीन रहेको फोनमा गुणस्तरिया स्पिकरसहितको वायरलेस एफएम रेडियो समेत छ । त्यस्तै यस फोनमा ट्रर्च लाइट छ जुन सजिलै अध्यारोमा प्रयोग गर्न सकिन्छ । यो फोनलाई चार्ज गर्नका लागि सजिलो कार्डल चार्ज छ । सिनियर बजारले यसको विक्रि मूल्य ८ हजार ९ सय ९९ तोकेको छ ।
Easy Phone
Sinior Bazar .com