स्वास्थ्य

राति सुत्दा बत्ती बालेर सुत्नुहुन्छ , बन्द गर्ने गर्नुहोस्

राति सुत्दा बत्ती बालेर सुत्नुहुन्छ , बन्द गर्ने गर्नुहोस्
कात्तिक - ४ । भनिन्छ, जो मानिसलाई गहिरो निन्द्रा लाग्छ उनीहरुको शरिर स्वस्थ र दिमाग तन्दुरुस्त रहन्छ । यसैकारण हरेक मानिस चाहान्छ की उसलाई गहिरो निन्द्रा लागोस् । घरको ओछ्यान त्यो स्थान हो जहा जोसुकै मानिसहरु सबैभन्दा अधिक समय बिताउने गर्दछन् । अधिंकाश मानिसहरु यसरी सुत्ने समय आफ्नो कोठाको बत्ती बन्द गरेर सुत्ने गर्दछन् जसबाट उनीहरुलाई राम्रोसँग निन्द्रा लागोस् । sleeping तर अब भने तपाईहरु सुत्ने समय बत्तीलाई बन्द नगर्नुहोस् । किनकी इटलीको सिएना यूनिभर्सिटीमा भएको एक ताजा अध्ययनका अनुसार उज्यालोमा बसेपश्चात शरीरमा टेस्टोटेरेन हार्मोनको स्तर बढ्ने कुरा पत्ता लगाएका छन् । यही हर्माेनका कारण पुरुषहरुलाई यौन जीवनमा सन्तोष मिल्ने गर्दछ । जुन पुरुषमा यस हर्माेनको स्तर कम हुन्छ उनीहरुको यौन प्रति रुचि कम हुने गर्दछ । उत्तरी गोलार्धमा नोभेम्बर देखि अप्रिलको बीचमा सूर्यको प्रकाश कम भएपछि शरीरमा टटेस्टोटेरेन हार्मोनको स्तर आफैँ कम हुने गर्दछ र वसन्तयाम र गर्मीमा भने यो स्तर आफैँ बढ्ने गर्दछ । यसका साथै ४० वर्षको उमेर पार गरेका २५ प्रतिशत पुरुषहरुमा यो समस्या अधिक देखिने गरेको अध्ययनले देखाएको छ । अध्ययनसँग सम्बन्धीत प्रमुख वैज्ञानिक एंड्रिया फैगियोलिनीले भनेका छन की ,‘ हामीले आफ्नो अध्ययनमा पायौँ की सीजनल अफेक्टिव डिसअर्डर (एसएडी) को प्रभाव कम गर्नका लागि विहानको सूर्यको प्रकाश सुत्ने कोठामा प्रवेश गराउन जरुरी छ । ’ यस्तो प्रकाशले टेस्टोटेरेन हर्माेनको मात्रा बढ्न जान्छ । जसले मानिसको यौन जीवनलाई मजबुत बनाउन मदत गर्दछ । फैगियोलिनीले आफ्नो यस अध्ययनलाई यूरोपियन कलेज अफ न्यूरोसाइकोलोजी सम्मेलनमा प्रस्तुत गरेका थिए ।

rati batti balera sutne garnuhunxa Sleep

विशेष