देश

भेटीको विषयमा गढीमाई मन्दिरका पुजारीबीच कुटाकुट

भेटीको विषयमा गढीमाई मन्दिरका पुजारीबीच कुटाकुट
कात्तिक - ४ । बाराको गढीमाई नगरपालिका वार्ड न १ मा रहेको गढीमाई मन्दिरको पुजारी बीच मन्दिरमा चढाएको भेटीको वाँडफाँडको बिषयलाई लिएर बिहीबार कुटाकुट भएको छ । सोही क्रममा पुजरी शम्भु चौधरी घाईते भएका छन् । विगत लामो समयदेखि मन्दिरमा दुई पक्षका पुजारी पूजापाठ गर्दै अाएका थिए। उनीहरुबीच याे भन्दा पहिला पनि पटक पटक मुख्य पुजारीको बिषयमा बसह भने चली नै रहन्छ । करिब साँढे ११ बजेको समयमा पुजारी शिव चौधरी निजका भतिजा शम्भु चौधरी मन्दिरमा गए पछि भेटी वाँडफाँड गर्न लाग्दा अर्का पुजारी मंगल चौधरी पक्षधरकाले शम्भु चौधरीलाई बाँसको भाँटाले हानेर लडाई दिएको घाईते चौधरीले बताए । उनकाे टाउकोमा करिब १० वटा टाँका लागेको छ । यस बिषयमा प्रहरी निरिक्षक खगेन्द्र् धमलाले घटनाको बारेमा अनुसंनधान भईरहेको बताए ।

gadhimai mela gadhimai temple

विशेष