ब्याडमिन्टनमा दिदीभाइ फाइनलमा प्रवेश

कात्तिक ४ । पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा दिदीभाइ नङशल र रत्नजित तामाङको जोडी फाइनलमा प्रवेश गरेका छन् ।
राजधानी इस्लामाबादमा बिहीबार २७ मिनेट चलेको सेमिफाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका रिज्वान अजाम र सरा मोहम्मदको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा पराजित गरे ।
फाइनलमा रत्न र नङशलको भेट पाकिस्तानकै मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनसँग हुने नेपाल ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठले जनाएका छन् ।
फाइनल शुक्रबार हुनेछ। फाइनलमा स्थान पक्का गरेसँगै रत्न र नङशलले कम्तीमा रजत पदक सुरक्षित गरेका छन् । महिला सिंगल्समा भने नङशलको यात्रा सेमिफाइनलमै समाप्त भयो । उनी पाकिस्तानकी पल्वाशा बसिरसंग १६–२१ र १२–२१ ले पराजित भइन् ।
Cricket
Pakistan
