हाइट बढी भएर काम नपाएका अभिनेत्रीकाे नालीबेली
कात्तिक - ६ । मोडलिङ र अभिनयको दुनियाँमा सफल हुनको लागि राम्रो लुक्सका साथै उचाईको पनि आवश्यकता पर्छ । बलिउडका धेरैजस्तो अभिनेत्रीहरु हाइटी नै छन् । जसमा दिपिका पादुकोण, सोनम कपूर, कटरिना कैफ, शोनाक्षी सिन्हा, अनुष्का शर्माको नाम अगाडि आउँछ र यी सबै अभिनेत्रीलाई फिल्ममा लिन निर्माता निर्देशकहरु अघि सर्छन् ।
तर ९० को दशकमा यस्तो पनि थियो, हाइट धेरै भएका अभिनेत्रीहरुले काम पाउँदैनथे । किनकी उनीहरुसँग अभिनेताको हाइट मिलेन भने जोडी मिल्दैन भन्दै निर्माता निर्देशकहरु उनीहरुलाई सिनेमामा लिन हिचकिचाउँथे ।
९० को दशकमा उचाई धेरै भएर फिल्म नपाएका ६ अभिनेत्री
पूजा बत्रा
पूजाको उचाई ५ फिट ९ इन्च छ । उनले केही वर्षअघि एक अन्र्तवार्तामा उचाइका कारण नै आफूसँग कोही पनि अभिनेता काम गर्न तयार नभएको गुनासो पोखेकी थिइन् । उचाइ धेरै भएका कारण नै उनले सिमित फिल्महरुमा मात्र काम गर्न पाइन् ।
सुष्मिता सेन
मिस युनिभर्स सुष्मिता सेनको उचाई ५ फिट ९ इन्च छ । एक अन्र्तवार्तामा सुष्मिताले आफ्नो उचाई धेरै भएका कारण सिनेमा मैने प्यार कियामा सलमानसँग काम गर्न निकै कठिनाई भएको बताएकी थिइन् । किनकी सलमान उनीभन्दा होचा छन् । हाइट धेरै भएका कारण नै सुष्मिताले पनि सिमित सिनेमामा मात्रै काम गर्न मौका पाइन् ।
शिल्पा शेट्टी
अभिनेत्री शिल्पा शेट्टीले पनि उचाई धेरै भएका कारण तनाव बेहोरेकी छिन् । उनी ५ फिट ८ इन्च अग्ली छिन् । आज उनी बलिउडकी सफल अभिनेत्रीका साथै ग्ल्यामरस आमाका रुपमा परिचित छिन् । तर करिअरको सुरुवातमा उनलाई उत्कृष्ट अभिनेत्रीको सूचिमा राखिएको थिएन । कारण थियो उनको उचाई । शाहरुख, सलमानर गोविन्दा पनि उनी भन्दा होचा भएका कारण उनलाई फिल्म पाउनै मुश्किल पर्थ्यो ।
सोनाली बेन्द्रे
विवाह पछि सिनेमाबाट टाढिएकी अभिनेत्री सोनालीको उचाई ५ फिट ८ इन्च छ । एक समय यस्तो थियो, उनको उचाई र पातलो कम्मरका कारण उनलाई सिनेमामा लिन कोही पनि मान्दैनथे । सोनालीले केही वर्ष सिनेमामा बिताएपनि उनको गन्ती उत्कृष्ट अभिनेत्रीमा भने कहिल्यै पनि भएन । सिनेमाबाट टाढिएकी सोनाली टेलिभिजनमाको दुनियाँमा भने सफल मानिन्छिन् । हाल उनी केही रियालिटी शोहरुमा जज र प्रस्तोताको भूमिकामा देखा पर्छिन् । यसका साथै उनले लाइफ ओकेको सिरियल ‘अजिब दास्ताँ है ये’ मा पनि काम गरिसकेकी छिन् ।
युक्ता मुखी
बलिउड र दक्षिण भारतीय सिनेमा गरी जम्मा ६ सिनेमामा काम गरेकी अभिनेत्री युक्तामुखी पनि उचाई धेरै भएकै कारण करिअरमा अघि बढ्न सकिनन् । सिनेमामा असफल भएपनि उनको उचाईले मिस वल्र्डको ताज भने जितायो । युक्ताको उचाई ६ फिट १ इन्च छ ।
दीपनिता शर्मा
मोडलिङबाट अभिनयमा आएकी दीपनिताको उचाई ५ फिट ९ इन्च छ । उनको फिल्मी खातामा जम्मा एउटा सफल फिल्म छ, त्यो हो १६ डिसेम्बर । सिने करिअरमा उनले जम्मा आठ वटा सिनेमामा काम गरेकी छिन् । उनको उचाई धेरै भएका कारण कोही पनि अभिनेतासँग उनको जोडी सुहाउँदैनथ्यो । जसका कारण उनले अन्य फिल्ममा काम गर्न पाइनन् ।
height
height badi vara kam napayeka avinetri
heron