मनोरञ्जन

कलेज क्वीन नेपाल–२०१६ को ताज रशुको नाममा

कलेज क्वीन नेपाल–२०१६ को ताज रशुको नाममा
कात्तिक–४ । डिएभी कलेजमा अध्ययनरत पाटनकी रशु शाक्यले आरके इन्टरटेन्मेन्ट ग्रुपद्धारा आयोजित ‘कलेज क्वीन नेपाल–२०१६’ को ताज आफ्नो नाममा गरेकी छिन् । १७ प्रतिष्पर्धीलाई पछि पार्दै रशुले ताज हात पार्न सफल भएकी हुन् । उनीले ताजसहित नगद ५० हजार र बिबिए अध्ययनका लागि पूर्ण छात्रबृत्ति पाएकी छिन् । college-quean प्रतियोगितामा कोलिश कलेजमा अध्ययनरत सबिना गुरुङ फस्र्ट रनरअप तथा ‘क्वीन एजुकेशनल एम्बासडर अफ नेपाल’ घोषित भएकी छन् भने सिद्धी गणेशमा अध्ययनरत बिनिता गुरुङ सेकेन्ड रनरअप तथा ‘कलेज क्वीन आइकन नेपाल’ बनेकी छन् । प्रतियोगितामा पब्लिक च्वाइस अपना गिरी, बेस्ट ड्रेस प्रीति प्रधान, बेस्ट स्माइल निकिस्ता हमाल , बेस्ट क्याट्वाक करिना कक्षपति, बेस्ट हेयर अश्मी लामा, अश्मिता क्षेत्री बेस्ट ट्यालेन्ट, यमुना बुढामगर बेस्ट डिसिप्लेन, सुष्मिता कार्की बेस्ट फोटोजेनिक, अल्बिना सिंह बेस्ट स्पोन्टेनीसिअस, कोपिला तामाङ बेस्ट ब्युटी, अलिशा सिंह बेस्ट पर्सनालिटी, कविता लामा बेस्ट स्किन, बिनु श्रेष्ठ मिस फ्रेन्डशिप र आरजु कुँवरले बेस्ट गर्जियसको टाइटल पाएका छन् ।

collage queen

विशेष