समाज

जलाउन ठीक्क पारिएको शव प्रहरीले नियन्त्रणमा लियो

जलाउन ठीक्क पारिएको शव प्रहरीले नियन्त्रणमा लियो

death-mainकात्तिक ५ । श्रीमती र साला मिलेर हत्या गरेको छिमेकीको उजुरीका आधारमा कैलाली प्रहरीले चितामा जलाउन ठिक्क पारिएको शव नियन्त्रणमा लिएको छ । धनगडी उपमहानगरपालिका २ पुरानो भन्सार रोडका ४० वर्षीय नारायण उपाध्यायको शव मोहना आर्यघाटमा चितामा जलाउन ठिक्क पारेको बेला त्रिनगर सीमा प्रहरी चौकीले नियन्त्रणमा लिएको कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । कैलालीको धनगढी–२ पुरानो भन्सार रोडका नारायण र उनकी श्रीमतीको १२ वर्षदेखि बोलचाल बन्द थियो । भारतीय सहर गौरफन्टाबाट सामान बोक्ने दुर्गाले बेरोगार पतिलाई बोझ ठानिरहेके छिमेकीले बताएका छन् । लामो समयदेखि श्रीमानलाई खाना नदिने खाना नपकाउने र कुटपिट गर्ने गरेको दुर्गाले बिहीबार बिहान आफनो भाई विमल उपाध्यायलाई बोलाएर हत्या गरेको भन्दै मृतकका दाजू जीवलाल उपाध्ययले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । –अन्नपूर्ण पोस्ट्बाट

विशेष