समाज

विवहा मण्डपबाटै बेहुला बेहुली पक्राउ

विवहा मण्डपबाटै बेहुला बेहुली पक्राउ
marriage

कात्तिक ५ । बालबिवाह गरेको भन्दै जिल्ला बाल क्लब सञ्जालले खाँदबारी ३ मानेभञ्ज्याङबाट बेहुला र बेहुलीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् । विहिबार सञ्जालले खाँदबारी–५ चिप्लेगाउँका १४ बर्षिय सोनी गुरुङ र खाँदबारी ३ मानेभञ्ज्याङका ३२ बर्षिय रमेश गुरुङलाई टिकाटालो गरिरहेकै अवस्थामा पक्राउ गरेका हुन् । बालिका मानेभञ्ज्याङ स्थित महेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययरत विद्यार्थी हुन् ।

उनी सानैदेखि हजुरबुवा र हजुरआमासँग मानेभञ्ज्याङमा नै बस्दै आएकी थिइन । बालिकाको बुवा दोश्रो बिहे गरेर तराई बस्न थालेको र आमा बैदेशिक रोजगारीको क्रममा मलेसियामा हिँडेपछि हजुरआमाले आफैसँग राख्न थालेको छिमेकीहरुले बताएका छन् । यता, बेहुला बनेका गुरुङ भने तीन बर्ष मलेसिया बसेर फर्केपछि बिहे गर्न लागेका थिए ।

दुवै पक्षको परिवारको राजीखुसीमा बिवाह गर्न लागेको भएपनि बाल बिवाह दण्डनीय रहेको भन्दै दुवैजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाईएको जिल्ला बाल क्लब सञ्जालको अध्यक्ष खेवाहाङ मेवाहाङले जानकारी दिए । बाल बिवाह हुन लागेको खबर पाएपछि आफुहरुले प्रहरीको सहयोगमा पक्राउ गरिएको अध्यक्ष मेवाहाङले बताए ।

जिल्ला प्रहरी कार्यालयमा छलफल पछि बालिका १८ बर्ष पुरा नभएसम्म आफ्नो परिवारकै साथमा बस्नु पर्ने सर्तमा दुवै पक्षबीच मिलापत्र गरेर छोडिएको छ ।

bibaha

विशेष