मनोरञ्जन

यसकारण अर्जुनसँग काम गर्न मानिनन् सोनाक्षीले

यसकारण अर्जुनसँग काम गर्न मानिनन् सोनाक्षीले

sonakxi कात्तिक ४ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले अर्जुन कपुरसँग फिल्म खेल्न अस्वीकार गरिदिएकी छिन् । निर्देशक अनिश बज्मीले निर्माण गर्ने फिल्म ‘मुबारक’ मा अर्जुनसँगको जोडिका रुपमा काम गर्न सिन्हाले अस्वीकार गरेकी हुन् ।

फिल्ममा अर्जुन दोहोरो भूमिकामा देखिदै छन् । फिल्ममा सोनाक्षीले काम गर्न नमानेपछि अनिशले इलियाना डिक्रुज र अथिया सेठ्ठीलाई लिइएका छन् । फिल्ममा अनिल कपुर पनि प्रमुख भूमिकामा देखिदै छन् ।

अर्जुन र सोनाक्षीले यसअघि ‘तेवर’ फिल्ममा काम गरिका थिए । तर उक्त फिल्म असफल भएको थियो । सोनाक्षीले तेवरकोे रिर्पाेटका कारण अर्जुनसँग काम गर्न नचाहेको बताइएको छ । अमृता सिंह पनि विशेष भूमिकामा देखिने मुबारक नोभेम्बरबाट सुटिङ सुरु हुनेछ ।

Sonakxi Sinha

विशेष