मनोरञ्जन

तमिल फिल्ममा अभिनय गर्दै विवेक

तमिल फिल्ममा अभिनय गर्दै विवेक

vivek कात्तिक ५ । बलिउडमा एक समय हिट हिरोको छवि बनाएका अभिनेता विवक ओवराय अब तमिल फिल्ममा देखिने खबर सञ्चार माध्यममा आएको छ । उनले अभिनय गर्ने फिल्मको नाम भने तय भइसकेको छैन् ।

शिवाको निर्देशनमा बन्ने फिल्ममा उनी नकारात्मक भूमिकामा देखिदै छन् । अक्टोबरको अन्तिमबाट सुटिङ सुरु हुने भनिएको फिल्ममा उनी इन्टरपोल एजेन्टकोे भूमिकामा देखिदै छन् । उक्त फिल्ममा विवेक बाहेक काजोल अग्रवाल र अक्षरा हसन प्रमुख भूमिकामा देखिदै छन् ।

बलिउडका थुप्रै फिल्ममा अभिनय गरेका विवेकको पछिल्लो समय उनको फिल्महरु असफल भइरहेका छन् । उनले बलिउडमा काम पनि पाइरहेका छैनन् । तमिल फिल्ममा भने आफ्नो करिअर राम्रो बन्ने उनको आशा छ ।

Vivek Obraya

विशेष