इतिहासमा आज

नोबेल पुरस्कारका जन्मदाता अल्फ्रेड नोबेलको जन्मदिन

नोबेल पुरस्कारका जन्मदाता अल्फ्रेड नोबेलको जन्मदिन

alfrednobel_adjusted कात्तिक ५ । सन् १८३३ अक्टोबर २१ का दिन अल्फ्रेड बर्नार्ड नोबेलको जन्म बाल्टिक सागरको किनारामा बसेको स्र्टाकहोम नामक नगरमा भएको थियो । उनका पिता सन् १८४२ देखी सेंट पीटर्सबर्गमा परिवार सहित रहन्थे । उनी रूसको सरकारको लागी खेतीको औजारहरूका साथै अग्न्यास्त्र, सुरुगंहरू र तारपीडहरूको निर्माणमा लागेका थिए ।

बालक अल्फ्रेडलाई सन् १८५० मा अध्ययनको लागी संयुक्त राज्य अमरीका, पठाइएको थियो, तर त्यहाँ यीनी केवल एक वर्ष मात्र रहन सके । रूसबाट स्वीडन वापस आएपछी उनी आफ्नो पिताको कारखानाहरूमा विस्फोटकहरूको विशेष गरेर नाइट्रोग्लिसरिनको, अध्ययनमा लागे । ३० सेप्टेम्बर १८६४ मा भयानक विस्फोटको कारण यो सम्पूर्ण कारखाना नष्ट भयो र उनका कान्छा भाईको समेत त्यसैमा मृत्यु भयो । फेरी पनि उनी नाइट्रोग्लिसरिन यस्तो अप्रत्याशित रूपसँग विस्फोट गराउने द्रव्यलाई वशमा गर्ने उपायको खोजीमा लागी रहे ।

सन् १८६७ मा उनले धुवाँरहित बारूदको पनि आविस्कार गरे, जसले पछी गएर कर्डाइट को रूप लियो । त्यसै ताका पदार्थहरूको उद्योगमा तथा युद्धमा पनि विस्तृत रूपले उपयोग हुन थाल्यो । यसले रूस स्थित बाकूका तेलक्षेत्रहरूमा धनविनियोजन बाट उनले विशाल धनराशि एकत्रित गरे ।

उनको जीवन रोग सँग युद्ध गर्दै बीतेको थियो । उनले जीवन पर्यन्त विवाह गरेनन् तथा एकांकी जीवन बिताए । मानव हितको आकांक्षा बाट प्रेरित भएर उनले आफ्नो धनको उपयोग एक न्यासस्थापित गर्नमा गरे, जसबाट प्रति वर्ष (१) भौतिकी, (२) रसायन, (३) शरीर(क्रिया(विज्ञान वा चिकित्सा, (४) आदर्शवादी साहित्य तथा (५) विश्वशांतिको क्षेत्रमा सर्वोत्तम कार्य गर्नेहरूलाई पुरस्कार दिने गरिन्छ । यो पुरस्कारलाई नोबेल पुरस्कार भनिन्छ। सन् १९०१ देखी नोबेल पुरस्कार दिने कार्य आरम्भ भएको थियो ।

Alfred Nobel

विशेष