स्वास्थ्य

यस्ता छन् पिनास हुने कारणहरु

यस्ता छन् पिनास हुने कारणहरु

binas कात्तिक ५ । पिनास भन्नाले नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वासप्रश्वासमा बाधा पुराउने एक किसिमको रोग हो । जसलाई साइनोसाइटिस पनि भनिन्छ । साइनोसाइटिस साइनसहरुको इन्फ्लामेसन हो । जब कुनै व्यक्तिलाइ रुघा तथा एलर्जी हुन्छ, अनि यी साइनसमा सिगाँन भन्ने तरल पदार्थ भरिन्छ र त्यहाँका पातला झिल्लीबाट बनेका तहहरु सुन्निछ । जहाँ व्याक्टोरिया एवं भाइरस विकसित भई पिनास भन्ने रोग उत्पन्न हुन्छ ।

पिनासका कारण यस्ता छन्ः

१. धेरे चिसो र बढी धुवाँधुलोको संक्रमणबाट पिनास हुनसक्छ । २.कहिलेकाहीँ नाकको बनावटको खराबीले पनि पिनास हुन सक्छ । ३.पिनास हुँदा टाउँको दुख्ने, नाक बन्द हुने, नाकबाट पहेँलो पानी बगिरहने तथा सास फेर्न गाह्रो हुने गर्दछ । ४.पिनास बढ्दै जाँदा त्यसको संक्रमणले आँखालाई पनि असर पार्छ । ५.धेरै लापरबाही गर्दा दिमागमा असर गर्न सक्छ । ६.सुरुकै अवस्थामा छ भने पानीका बाफ लिने, धेरै जमेको भए पिनास पखाल्ने गर्नुपर्छ ।

Pinas

विशेष