खेल

पोग्बाको उत्कृष्ट प्रदर्शनमा यनाइटेडलाई सहज जित

पोग्बाको उत्कृष्ट प्रदर्शनमा यनाइटेडलाई सहज जित
कात्तिक–५ । जारी युरोपा लिग फुटबल अन्तर्गत बिहीबार भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले टर्किस क्लब फेनरवाचीमाथि सहज जित दर्ता गरेको छ । pogwa समूह ‘ए’ मा रहेको युनाइटेडले फेनरवाचीलाई ४–१ ले हराएको हो । युनाइटेडको जितका लागि कीर्तिमानी मूल्यमा आएका पउल पोग्बाले २ तथा एन्थोनी मार्शल र जेसी लिङगार्डले १–१ गोल गरे । ३१औँ मिनेटमा पाएको पेनाल्टी अवसरबाट पोग्बाले युनाइटेडलाई अग्रता दिलाए । त्यस पश्चात ३४ मिनेटमा मार्शल, पहिलो हाफको इन्जुरी समयमा पोग्बा र ४८ औँ मिनेटमा लिङगार्डले गोल गर्दै युनाइटेडको लागि ४ गोल र्पुयाए । जवाफमा फेनरवाचीका रोविन भान पर्सीले ८३ औँ मिनेटमा आफ्नो पूर्व क्लब विरुद्ध १ गोल मात्र फर्काउन सके । जितपछि तीन खेलबाट ६ अंकसहित युनाइटेड समूहको दोस्रो स्थानमा छ । चार अंकसहित फेनरवाची तेस्रो स्थानमा छ । राति नै भएको अर्को खेलमा फेयनार्डले जोर्या लुहान्स्कलाई १–० ले हराएको छ । फेयनोर्डको ६ अंक नै भएपनि गोल अन्तरका आधारमा समूहको शीर्ष स्थानमा छ ।

football Manchester United Pogwa

विशेष