देश

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
कात्तिक - ५ । सुनसरीकाे धरान उपमहानगरपालिका ८ स्थित भाेटेपुल नजिक सडक खण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालककाे मृत्यु भएकाे छ । स्कुटर चालक स्थानीय ४१ बर्षिय हेमन्त गुरुङ्गको मृत्यु भएको हाे । धरानबाट ईटहरीतर्फ जाँदै गरेको ना ४ ख ५३८७ नम्बरको बसले को १६ प ४९३० नम्बरको स्कुटरलाई ठक्कर दिएकाे इलाका प्रहरी कार्यालयले जनाएकाे छ । दुर्घटनामा परी घाइते भएका गुरुङ्गको उपचारका लागि अस्पताल लौजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी साधन सहित बस चालकलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

road accident in dharan

विशेष