स्वास्थ्य

एसिड प्रहारको असर कम गराउन चाहानुहुन्छ, यस्ता छन् प्राथमिक उपचार

एसिड प्रहारको असर कम गराउन चाहानुहुन्छ, यस्ता छन् प्राथमिक उपचार
कात्तिक–५ । नेपालको लागि एसिड आतंक निकै ठूलो चुनौतीको विषय बनेर खडा भएको छ । अज्ञात व्यक्तिले वा कोही चिनेकै होस् कहाँ एसिड प्रहार गर्ने र कसलाई गर्ने हो कसैलाई पत्तो हुँदैन । acid त्यसैले यसको असर न्युनिकरण गर्न प्राथमिक उपचार गर्नु पर्छ अन्यथा एसिड रोगी जीवनको लागि निकै घातक हुन सक्छ । एसिड लागेका विरामीहरुका लागि मृत्यु भन्दा साधारण संक्रमणको डर बढी हुन्छ । एसिड प्रहार भएको ठाउँमा छिनभरमै आगोको लप्कामा परेजस्तै शरीरका अंग पोल्छ । एसिड प्रहारको असर कम गर्न यी उपाय अपानाउनु पर्छ १.एसिड लागेमा एसिड लागको लुगा हटाउनुपर्छ र एसिड लागेको ठाउँमा दुध वा पानीले पखाल्नु बेस हुन्छ । २.एसिड जति बढी समय शरीरमा रहन्छ त्यति नै गहिरो चोट र्पुयाउँछ । त्यसैले जतिसक्दो छिटो चिसोपानीले पखाल्नुपर्छ । ३.पानी नभए जे चिसो पदार्थ छ, त्यसैले धुनुपर्छ । अस्पताल जानू आवश्यक छ तर नपखालिकन अस्पताल र्पुयाउँदा समस्या गहिरिन सक्छ । ४.कम्तीमा आधि घण्टा पानीले सफा गर्नु राम्रो हुन्छ । ५.एसिड लागेको शरीरका क्षतिग्रस्त तत्वहरुको लागि प्रोटिन र कार्बोहाइड्रेटको धेरै आवश्यकता पर्छ । त्यसैले बिरामीलाई उचित पोषकतत्वको सुविधा दिनुपर्छ । तेजाब आक्रमणसँग सम्बन्धित एउटा रिटमा सर्वोच्च अदालतले त्यस्ता हिँसाबारे हेर्न बेग्लै द्रुतगतिको आदेश जारि गरेको थियो । तर बंगलादेश र भारतमा जस्तै कडा सजायका प्रावधानहरु ल्याउनुका साथै तेजाबको उपलब्धतामाथि कडा नियन्त्रण गरेमात्रै त्यस्ता हिँसामा कमी आउन सक्छ ।

Acid upachar

विशेष