खेल

एन्फाको चुनाव निर्धारित समयमा हुने

एन्फाको चुनाव निर्धारित समयमा हुने
कात्तिक ५ । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव रोक्न माग गर्दै परेको रिट पाटन उच्च अदालतले खारेज गरेको छ । रिट खारेज भएपछि एन्फाको चुनाव निर्धाति मिति अर्थात आउँदो सोमाबार हुने भएको छ । anfa रेफ्री समितिका विनोद केसीसहितले चुनाव रोक्न माग गर्दै दायर गरेको रिटमाथि दुबै पक्षसँग छलफल गरेपछि पाटन उच्च अदालतले रिट खारेज गरेको हो । अदालतले शुक्रबारसम्मका लागि चुनावी गतिविधि सञ्चालन नगर्न र नगराउन गत असोज १४ गते अन्तरिम आदेश दिएको थियो । रिट खारेज भएपछि यो अन्तरिम आदेश पनि खारेज भएको छ । असोज १४ गते अघि नै अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवारी दर्ता भइसकेको थियो । आउँदो सोमबार चुनाव हुने पक्का भएपछि अध्यक्ष र उपाध्यक्ष पदको चुनावका लागि उम्मेदवारले प्रचारप्रसार तीब्र बनाएका छन् । अध्यक्षका लागि कार्यावाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र कर्मा्छिरिङ शेर्पा प्रत्यासी छन् । श्रेष्ठ पक्षबाट उपाध्यक्षमा मणि कुँवर र शेर्पा पक्षबाट दीपक खाती उम्मेद्वार छन् भने उपेन्द्रमान सिंहले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका छन् । फुटबल महासंघ फिफाले भ्रष्टाचारको आरोपमा गएको वर्ष अध्यक्ष गणेश थापालाई प्रतिबन्ध लगाएपछि एन्फाको अध्यक्ष पद रिक्त छ । यस्तै उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनपछि उपाध्यक्ष पद पनि खाली छ । त्यसैले अहिले यी दुई पदको बाँकी कार्यकालका लागि चुनाव हुन लागेको हो ।

Anfa chunab football song

विशेष