खेल

एकदिवसीय क्रिकेट श्रृंखलाको दोस्रो खेलमा भारत र न्युजिल्याण्ड बराबरीमा

एकदिवसीय क्रिकेट श्रृंखलाको दोस्रो खेलमा भारत र न्युजिल्याण्ड बराबरीमा
कात्तिक – ५ । भारत र न्युजिल्यान्डबीच जारी एकदिवसीय क्रिकेट श्रृंखलाको दोस्रो खेलमा न्युजिल्यान्डले जित हासिल गर्दै श्रृंखला बराबरीमा ल्याएको छ । india-vs-neujiland दिल्लीस्थित फिरोज शाह स्टेडियममा भएको खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै न्युजिल्यान्डले श्रृंखलालाई १–१ को बराबरीमा ल्याएको हो । न्युजिल्यान्डले दिएको २ सय ४३ रनको विजय लक्ष्य पछ्याएको भारत ३ बल बाँकी रहँदा आफ्ना सबै विकेट गुमाउँदै २ सय ३६ रनमा समेटिएको थियो । भारतलाई उक्त स्कोरमा समेट्नका लागि न्युजिल्यान्डका साउथीले ३ विकेट लिए भने मार्टिन गुप्टिल र ट्रेन्ट बोल्टले समान २–२ विकेट लिए । यस्तै म्याट हेनरी र मिचेल सान्टनरले समान १–१ विकेट लिए । यसअघि हारेर ब्याटिङ थालेको न्युजिल्याण्डले निर्धारित ५० ओभरको खेलमा आफ्ना ९ विकेट गुमाउँदै २ सय ४२ रन जोडेको थियो । कप्तान विलियम्सनले १ सय १८ रन जोडेर टोलीलाई उक्त स्कोरसम्म पुर्याएका थिए । भारतका लागि जसप्रित बुम्राह र अमित मिश्राले समान ३–३ विकेट लिए भने उमेश यादव, अक्षर पटेल र केदार जादभले समान १–१ विकेट लिए ।

Cricket India neujiland

विशेष