देश

भारतीय अधिकारीहरुद्वारा जानकी मन्दिरको अवलोकन

भारतीय अधिकारीहरुद्वारा जानकी मन्दिरको अवलोकन
कात्तिक ५ । कार्तिक १९ गते हुने भनिएको भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणलाई लक्षित गरी भारतीय अधिकारीहरुले शुक्रबार जानकी मन्दिरको अवलोकन गरेका छन् । janaki-temple भारतीय अधिकारीहरुले शुक्रबार जानकी मन्दिरको अवलोकन गरेका छन् । कात्तिक १९ गते हुने भनिएको भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणलाई लक्षित गरी अधिकारीहरुले जानकी मन्दिरको निरिक्षण गरेका हुन् । नेपालस्थित भारतीय नियोगका विनय कुमार, विरगंजस्थित भारतीय काउन्सलर अंजु रंजन, दिल्लीस्थित भारतीय राष्ट्रपति कार्यालयका गायत्री आई कुमारलगायतका अधिकारीहरु शुक्रबार विहान करिब पौने १० बजे जानकी मन्दिर मन्दिरको अवलोकन गरेका थिए । भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय धनुषाले शान्ति सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । वर्षा सुरु भएयता जीर्ण बनेको सीताचौकदेखि पुलचोकसम्मको बाटो शुक्रबारदेखि मर्मत थालिएको छ । त्यस्तै राष्ट्रपति जाने रुटको मर्मत संभार तथा सरसफाई समेत गर्न थालिएको छ । भारतीय राष्ट्रपति मुखर्जीले यसै मार्गमा पर्ने शहीद पथको शिलान्यास गर्ने कार्यक्रम छ ।

janaki mandir janaki temple

विशेष