स्वास्थ्य

चिसोबाट बच्न भान्सामै छन् उपायहरु

चिसोबाट बच्न भान्सामै छन् उपायहरु
जाडो महिना पनि आउन लाग्यो र जाडो सँगै रुघा खोकीले पनि सताउने गर्दछ । त्यसैले अब यस्तो डाईट खानुस जस्ले तपाईलाई चिसोबाट त बचाउँछ नै र चिसोबाट हुने संक्रमण समेत रोकिदिन्छ । remedies-for-cold-and-flu
हाम्रै भान्सामा नै यस्ता डाईटहरु पाउन सकिन्छ र यसकै बारेमा चर्चा गरौँ ।

१. अदुवा – अदुवा हाम्रो भान्सामा सहजै पाहिने मसला हो । अदुवामा प्रशस्त मात्रामा एंटीअक्सीडेन्टस् पाईन्छ जसले चिसो याममा स्वास्थ्य रहन सहयोग गर्दछ । यसका साथ साथै यसले शरीरमा बढी भएको प्रोटिनलाई घटाउनाका साथै एसिडिटि र मेटाबोलिजमबाट हुने सबै खालका समस्याहरु हटाउन मद्दत गर्दछ ।
२. तील – तील पनि हाम्रो भन्सामा सहजै पाईन्छ । हामी तीलका विभिन्न परिकार बनाएर खान्छौ । तर जाडो महिनामा यसको प्रयोग गर्दा यसले शरीरलाई न्यानो मात्र हैन हाम्रो पाचन प्रनाली पनि सफा राख्दछ ।
३. दालचीनी – दालचीनी पनि हामीले सधै प्रयोग गर्ने मसलाहरुमा मिलाएर खाँदा फाईदा हुन्छ । अझ जाडो महिनामा तातो दुधमा शखर र दालचीनी मिसाएर खाँदा जाडो र चिसोबाट हुने रोग लाग्न दिदैन् ।
४. लसुन – लसुनमा प्रशस्त मात्रामा एंटिबेक्टेरीयल र एंटिभाईरल गुण हुन्छ । यसले हामीलाई न्यानो राख्नुका साथै हाम्रो शरीरमा भाको कोलेस्ट्रोल पनि घटाँउदछ । लसुनको नियमित सेवनले गर्दा टाउँकोमा हुने समस्या पनि कम गर्छ ।
५ बदाम – जाडो महिनामा नियमित बदाम खानाले हाम्रो शरीर न्यानो हुन्छ । यसले स्वास प्रस्वासमा हुने समस्या बाट पनि छुट्कारा दिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाईने हुँदा मोटोपन घटाउन पनि मद्दत गर्दछ र शरीर फिट राख्न पनि सहयोग गर्दछ ।

cold save form cold

विशेष