तामाङ दिदी–भाइले पाए ब्याडमिन्टनमा नयाँ सफलता
कात्तिक–६ । तामाङ दिदी–भाइले ब्याडमिन्टनमा नयाँ किर्तीमान बनाएका छन् । पाकिस्तानको इस्लाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेशनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङसलको जोडीले शुक्रबार पाकिस्तानकै खेलाडीलाई हराएर स्वर्ण जितेका छन् ।
२३ मिनेट चलेको फाइनलमा रत्न र नङसलले पाकिस्तानका मोहम्मद इरफान सइद भाटी र मेहमोना अमिनरको जोडीलाई २१–१३ र २१–१५ ले पराजित गरी ब्याडमिन्टनमा नेपालको लागि एतिहासिक सफलता दिलाएको छ ।
नेपाली ब्याडमिन्टनले जितेको यो ठूलो अन्तर्राष्ट्रिय पदक हो । हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता नेपाली खेलाडीले स्वर्ण पदक जितेको छैन । यसअघि दुई भिन्नाभिन्नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सुमिना श्रेष्ठ र पूजा श्रेष्ठले महिला डबल्समा रजत पदक सम्म जितेका थिए ।
नङसलले यसै प्रतियोगिताको महिला सिंगलमा कास्य पदक पनि जितेकी छिन्