मनोरञ्जन

दीपिका र रणवीरको सम्बन्ध पातलिदैँ

दीपिका र रणवीरको सम्बन्ध पातलिदैँ

dipikaएजेन्सी — बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण अहिलेकी व्यस्त नायिका हुन् । उनी अभिनित हलिउड फिल्म ‘ट्रिपल एक्स’ ले उनको चर्चा अझ बढि चुलाएको छ । हलिउड फिल्मको काम र व्यस्ततासँगै उनको र उनका प्रेमी रणवीर सिंहको भेटघाट पातलिदैँ गएको खबर आएको छ । हालै आएको खबरअनुसार रणवीरसँग दिपीका अलग हुने पक्षमा छिन् । त्यसकारण पनि दीपिकाले रणवीरसँग भेटघाट कम गर्दै गएको भारतीय मिडियाले जनाएको छ । उनीहरुबीच केही बानी व्यहोरा पनि नमिलेको र दूरी बढ्दै गएको खबर बाहिरिएको छ । दीपिकाले आफूलाई बेवास्ता गरेको गुनासो रणवीरले साथीहरुसँग पोख्दै आए पनि दीपिकाले त्यसलाई खासै ध्यान दिएकी छैन । आगामी जनवरी उनी अभिनित हलिउड फिल्म ट्रिपल एक्स प्रदर्शनमा आउँदै छ । उक्त फिल्मले आफ्नो फिल्म करिअरमा ठूलै परिवर्तन ल्याउने कुरामा दीपिका विश्वस्त रहेकी छिन् । हाल उनी उही फिल्मको प्रचारमा व्यस्त रहँदै आएकी छिन् ।

विशेष