झाडापाखालाबाट सुत्केरीको मृत्यु

कात्तिक ६ । झाडापाखालाबाट मोरङमा एक सुत्केरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ सोराभाग–९ स्थित सुुकुुम्वासी टोलका २५ वर्षीया चिनियाँ ऋषिदेव रहेको छ । एक हप्तादेखि झाडापाखालाकाबाट सिकिस्त भएकी उनको आफ्नै घरमा गएराति मृत्युु भएको हो ।
ऋषिदेवको एक महिनाको बच्चा रहेको मृतकका बुुबा रामजी ऋषिदेवले बताए । झाडापाखालाका कारण सो बस्तीमा अझै आधादर्जन महिला बिरामी परेको स्थानीयवासीले बताए ।
Morang
sutkeriko mirtue
