टेलिभिजनमा काम गरेर करोडौँ कमाउने यी सेलिब्रेटीहरु

कात्तिक ६ । सलमान खानले बिगबोसको चौथौ सिजनदेखि लगातार दशौँ सिजनसम्म होस्ट गरिरहेका छन् । बिगबोस सिजन १० सञ्चालन गरेबापत उनले ६ देखि ८ करोडसम्म पारिश्रमिक लिइरहेका छन् । सलमानले बिगबोस अघि टेलिभिजन शो दसकादम पनि होस्ट गरेका थिए । उक्त शोको लागि उनी प्रति एपिसोड ८० लाख भारु चार्ज गर्थे । सलमानसँगै आज हामी अन्य बलिउड सेलिब्रेटीले टेलिभिजन कार्यक्रम सञ्चालन गरेर पाएको पारिश्रमिक बारे चर्चा गर्दैछौँ ।
शाहरुख खान
शाहरुख खानको अभिनय यात्रा टेलिभिजन शोबाट नै शुरु भएको थियो । करिअरको शुरुवातमा उनले गरेका दुई शो फौजी र सर्कस निकै चर्चित भएका थिए । तर,त्यसपछि भने शाहरुखलाई प्रस्तोताको रुपमा दर्शकले खासै मन पराएनन् ।
उनले अहिलेसम्म चार वटा टेलिभिजन शो होस्ट गरेका छन् । त्यसमा जोरका झट्का, केबिसी सिजन ३, क्या आपपाँचवी पास से तेज हेर ईन्डिया पूछेगा, सबेसे शाणा कौन जस्ता शो पर्छन् । उनले प्रति एपिसोडको दुई करोड पाँच लाख भारु लिने गर्थे ।
प्रियंका चोपडा
प्रियंकाले खतरो के खिलाडी सिजन ३ मा प्रस्तोता भएर काम गरेकी थिइन् । उनले उक्त शोमा प्रस्तोता बने बापत प्रतिएपिशोड ५० लाख पारिश्रमिक लिने गर्थिन् । त्यसबखत उनले अक्षय कुमारलाई रिप्लेस गरेकी थिईन् ।
अमिताभ बच्चन
रियालिटी शो कौन बनेगा करोडपतिले अमिताभ बच्चनलाई नया जीवन दिएको थियो । उनले उक्त शो सिनेमाबाट बेरोजगार भएको समयमा पाएका थिए । यो शोको प्राईज मनी सन् २००० मा १ करोड रुपैयाँ थियो । उक्त शो को प्रस्तोता बने बापत उनले प्रति एपिसोड चार देखि ६ करोड भारु लिने गर्थे ।
आमिर खान
अभिनेता आमिर खानको डेब्यू टेलिभिजन शो हो सत्यमेव जयते । उनले यो कार्यक्रम सञ्चालन गरेर निकै प्रशंसा बटुले । शोको प्रमोशनल ट्रेलरको लागि उनले दुई लाख भारु प्रति सेकेन्ड लिएका थिए । त्यस्तै पुरै कार्यक्रम सञ्चालन गरे बापत उनले चार करोड भारु प्रति एपिशोड लिन्छन् ।
मल्लिका शेरावत
राहुलमाहाजन, राखी सावन्त र रतन राजपूत पछि बलिउड अभिनेत्री मल्लिका शेरावतले पनि सानो पर्दामा स्वयम्वर रचाएकी थिइन् । उनले द ब्याचलर अफ ईन्डिया नामक शोका प्रतियोगी विजय सिंहलाई आफ्नो जीवन साथी चुनेकी थिइन् । तर उनले विवाह भने गरिनन् । मल्लिकाले उक्त शोमा काम गरे बापत ८० लाख भारु प्रति एपिशोड लिने गर्थिन् ।
संजय दत्त
संजयका मिल्ने साथी सलमान खानले बिगबोसको एक एपिसोडबाट ६ देखि आठ करोड भारु लिन्छन् । तर, संजय दत्तले यही शोको पाँचौ सिजन होस्ट गरेर प्रति एपिशोड जम्मा एक करोड लिने गर्थे । उनले बिगबोस सिजन ५ होस्ट गरेका थिए ।
अक्षयकुमार
अक्षयले टेलिभिजनमा आफ्नो उपस्थिति २००८ मा जनाएका थिए । त्यो समय उनले खतरोके खिलाडी होस्ट गर्थे । शोको लागि उनले प्रतिएपिसोड एक करोड भारु लिन्थे । त्यसपछि उनले मास्टर सेफ ईन्डिया होस्ट पनि गरे । उक्त शोबाट उनले एक करोड पाँच लाख प्रतिएपिशोड लिने गर्थे ।
ऋतिक रोशन
ऋतिकले स्टार प्लसको शो जस्ट डान्स होस्ट गरेका थिए । शोको लागिउनले दुई करोड भारु लिन्थे । - एजेन्सी
akshya kumar
amitabh bachhan
selebrety







