देश

युवा संघकाे पहलमा त्रिवेणी घाटको निर्माण शुरु

युवा संघकाे पहलमा त्रिवेणी घाटको निर्माण शुरु
कात्तिक - ६ । नेकपा एमाले नवलपरासी क्षेत्र नं ६ र युवा संघ नेपाल नवलपरासी क्षेत्र नं ६ को संयुक्त पहलमा निर्माण हुन गईरहेको त्रिवेणी घाट पौवा (ट्रस)को निर्माण शुरु भएको छ। यही भाद्र ३१ गते नेकपा (एमाले)महासचिव कमरेड ईश्वर पोखरेलबाट शिलन्यास गरीएको पौवा निर्माण कार्य तिव्रताको साथ अगी बढीरहेको छ। कुल आठ लाख लागतमा निर्माण हुन लागेको पौवा आर्थिक सहयोग उठाएर गर्न लागिएको हो । मौसमका कारण निर्माण कार्य ढिलो शुरु भएपनि मंसिर १५ गते भित्र सम्पन्न भईसक्ने भनि युवा संघ नेपाल क्षेत्र नं ६ तथा निर्माणसमितीका अध्यक्ष ज्ञान प्रसाद पाठक(सन्तोश) ले जानकारी दिए । पौवा ट्रस त्रिबेणी दाहसंस्कार घाटमा निर्माण हुँदै छ । त्रिबेणी दाहसंस्कार घाट मा नेपाल भारत गरि दिनहुँ ५ देखि १० शव जलाउनको लागि आउने गरेको स्थानीयले बताउछन ।
-रबिन्द्र यादव/नवलपरासी ।

tribeni ghat

विशेष