कृषकलाई कृषि व्यवस्थापन सूचना सामग्री उपलब्ध
कात्तिक ६ । बाँके जिल्लाका कृषक समूहलाई कृषि व्यवस्थापन सूचना प्रणाली सम्बन्धी सामग्री उपलब्ध गराइएको छ ।
जलवायु प्रकोप समुस्थान निर्माण आयोजना तथा कृषि व्यवसाय सूचना प्रणालीद्वारा कृषि व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यअन्तर्गत पहिलो चरणमा उक्त जिल्लाका १० कृषक समूहलाई तापक्रम तथा वर्षा मापनयन्त्र, किसान सिमकार्ड र मोबाइल एप्स उपलब्ध गराइएको हो ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतका अनुसार, पहिलो चरण अन्तर्गत कृषितर्फ पाँच र पशु सेवातर्फ पाँच गरी १० कृषक समूहलाई सूचना प्रणाली सामग्री उपलब्ध गराइएको हो । क्रमशः जिल्लाका सबै कृषक समूहलाई सामग्री उपलब्ध गराइने उनले जानकारी गराए ।
कृषकको जलवायु परिवर्तनसम्बन्धी सूचनामा पहुँच अभिवृद्धि गर्न यो कार्यक्रम ल्याइएको आयोजनाले बताएको छ ।
banke
Krishi
suchana pranali