मनोरञ्जन

यस्तो आयो ‘लुट २’को आइटम गीत

यस्तो आयो ‘लुट २’को आइटम गीत
कात्तिक - ६ । ब्लकबस्टर फिल्म ‘लुट’को सिक्वेल ‘लुट २’ को आइटम गीत सार्वजनिक भएको छ । ठमेल बजार बोलको उक्त गीतमा एलिसा राईले सुन्दरीको भूमिकामा मादक नृत्य प्रदर्शन गरेकी छिन् । loot2 उक्त गीत कालीप्रसाद बास्कोटाको एकल संगतिमा तयार पारिएको हो जुन गति एकतारे र बास्कोटाले लेखेका हुन् । गीतमा मीना निरौला, भानुभक्त ढकाल र बास्कोटाको संयूक्त स्वर रहेको छ । विक्रम स्वाँरले गरेका भिडियो कोरियोग्राफीमा निश्चल बस्नेत आफैले अभिनय गरेका छन् । फाल्गुन १३ गते रिलिज हुन लागेको फिल्मलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् । फिल्ममा सौगात मल्ल,दयाह्याङ राई, कर्म शाक्य, ऋचा शर्मा, विपिन कार्कीलगायतको अभिनय रहेको छ ।

विशेष