खेल

ब्राजिलविरुद्दकाे छनाैट खेलमा मेसीले अर्जेन्टिनी टीमबाट खेल्ने

ब्राजिलविरुद्दकाे छनाैट खेलमा मेसीले अर्जेन्टिनी टीमबाट खेल्ने
कात्तिक ६ । अर्को महिना ब्राजिल र कोलोम्विया विरुद्व हुने विश्वकप छनोट खेलमा लियोनल मेसीले अर्जेन्टिनी टीमबाट खेल्ने भएका छन् । चोटका कारण अघिल्ला ३ छनोट खेल गुमाएका मेसीलाई प्रशिक्षक एडगार्डो बाउजाले २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । messi मेसीको अनुपस्थितीमा अर्जेन्टिनाले सम्भावित ९ मध्ये ७ अंक गुमाएको थियो । भेनेजुएला र पेरुसँग बराबरी खेलेको अर्जे्न्टिना पाराग्वेसँग पराजित भएको थियो । अब मेसीले नोभेम्वर १० मा बेलो होरिजेन्टेमा हुने ब्राजिल विरुद्वको खेलमा अर्जेन्टिनाको कप्तानी गर्नेछन् भने त्यसको ५ दिनपछि घरेलु मैदानमा हुने कोलोम्विया विरुद्वको खेल पनि खेल्नेछन् । छनोटमा दश खेल खेलिसकेको अर्जेन्टिना १६ अंकका साथ पाँचौ स्थानमा छ । जुन शीर्ष स्थानको ब्राजिलभन्दा ५ अंकले कम हो। १० टीम सम्मिलित दक्षिण अमेरिकी छनोटबाट शीर्ष ४ मा रहने टीम सिधै सन् २०१८ मा रसियामा हुने विश्वकपमा छनोट हुनेछ भने पाँचौ स्थानमा हरनेले प्लेअफ खेल्नुपर्नेछ । मेसीसँगै अर्जेन्टिनी टीममा एन्धो पेरेज पनि फर्केका छन् भने जुलियो बुफारेनी र मार्कोस अकुना पहिलो पटक टीममा परेका छन्। प्रशिक्षक बाउजाले टोटनहमका एरिक लामेला, म्यानचेष्टर युनाइटेडका मार्को रोहो र सेभियाका माटियस क्रान्टिभिटलाई ड्रोप गरेका छन् ।

brajilbiruddako chhanaut khelma messi samabes leonal messi

विशेष