स्वास्थ्य

सुत्नुअघि गर्नु नहुने यी ५ काम

सुत्नुअघि गर्नु नहुने यी ५ काम
sleeping-woman १ चियमकफी नखानु — सामान्यतह धेरै मानिसहरुको खाना खाएपछि चियाकफी खाने बानी हुन्छ । विशेषगरि जोडोयाममा यस्तो बढि पाइन्छ । सुत्नेबेलामा चियाकफी खाएमा समयमा निद्रा लाग्दैन र लागेको निद्रा पनि खलबलिने सम्भावना हुन्छ । चिया र कफिमा क्याफिनको मात्रा बढि हुन्छ । जसले निद्रा भगाइदिन्छ ।
२ चकलेट र आइसक्रिम नखाने — चकलेटमा चिल्लो र क्याफिनको मात्रा बढि हुनाले यसले निद्रा बिगार्छ । धेरै मानिसहरुले रातीको खाना पछि डेजर्टको रुपमा आइसक्रिम खाने गर्दछन् । तर, आइसक्रिमले निद्रा भगाउँछ । आइसक्रिममा हुने चिनी र चिल्लोले शरिरलाई उर्जा दिन्छ र निद्रा भगाउँछ ।
३ फोन मेसेज नगर्ने — रातीको समयमा कसैलाई फोन गर्दा डिस्टर्व हुने ठानेर मेसेज गर्ने धेरैको बानी हुन्छ । कसैलाई मेसेज गर्दा प्रतिक्रया कुर्नुपर्ने हुनाले निद्रा भाग्छ ।
४ रक्सी सेवन — रक्सी सेवन गर्नाले निद्रा लाग्ने कुरामा धेरै मानिसहरुको विश्वास छ । तर, रक्सी सेवन गरेर सुत्दा हल्का निद्रा परेपनि त्यसले गहिरो निद्रामा बाधा पुर्याउँछ ।
५ मसालेदार खाना नखानु — राती सुत्नुअघि मसालेदार खाना खादाँ त्यसले अनिद्रा ल्याउँछ । मसालेदार खाना खाएपछि एसिड रिप्लेक्स्नको समस्याका कारण निद्रामा असर पर्न सक्छ । त्यसकारण सुत्नु भन्दा दुई घण्टा अघि खाना खानुपर्छ । एजेन्सी
 

do not do that while sleeping time do not do that while sleeping timi sleeping time

विशेष