सन्दीप लामिछाने क्रिकेट सिजनको म्याच सेलेक्सनबाट बाहिरिए
कात्तिक ६ । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको प्रिमियर ग्रेड क्रिकेट सिजन खेल्न सिड्नी पुगेका सन्दीप लामिछाने आजको म्याचमा सेलेक्सनबाट बाहिरिएका छन् ।
अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले उनलाई आफ्नो टिम वेस्टर्न सबअर्ब्सबाट खेल्न डाकेका थिए । सिजनको पहिलो खेलमा उनले एक विकेट लिए पनि पछिल्ला दुई म्याचमा कुनै विकेट लिन सकेका थिएनन् ।
उनी संलग्न टिम वेस्टर्न सबअर्ब्सले लगतार दुई म्याचमा पराजय भोग्नुपरेपछि चौथो राउन्डको दुई दिवसीय खेलमा छनौट भएका ११ खेलाडीमा सन्दीपको नाम छैन ।
यद्यपि हर्स्टभिल ओभलको पिच र कन्डिसनलाई कारण देखाउँदै सेन्ट जर्जविरुद्ध आज खेल हुन सकेन । यो दुई दिवसीय म्याचको अर्को खेल अर्को शनिबार हुनेछ ।
पहिलो म्याचमा एक विकेट
सन्दीपको टिमले सिजनको पहिलो खेल मोसमनविरुद्ध खेलेको थियो। माइकल क्लार्कले समेत ब्याटिङ गरेको ५० ओभरको फर्स्ट ग्रेड लिमिटेड ओभरको यो खेलमा सन्दीपले ८ ओभरमा १७ रन दिई १ विकेट लिएका थिए। खेलमा वेस्टर्न सबअर्ब्सले ६ विकेटको विजय हात र्पायो। यो खेलपछि सिड्नीका मिडियामा समेत सन्दीपको चर्चा भएको थियो।
दोस्रो म्याचमा बलिङ ० विकेट, ब्याटिङ एक चौका
यान्डविक पिटरस्यामविरुद्धको ५० ओभरको सिजनको दोस्रो खेलमा सन्दीपले ९ ओभर बलिङ गरी ४९ रन दिए, कुनै विकेट लिन सकेनन्। खेल उनको टिमले १०२ रनको पराजय भोग्नु र्पयो। खेलमा उनले ब्याटिङतर्फ ४ बलको सामना गरी एक चौकासहित ४ रन पनि बनाएका थिए।
तेस्रो म्याच स् बलिङ ० विकेट, ब्याटिङ तीन चौका
तेस्रो चरणको दुई दिवसीय खेलमा पनि सन्दीपको टिमले नमीठो पराजय भोग्यो। पारामाटाविरुद्धको खेलको पहिलो इनिङ्ग्समा उनको टिम ६९.४ ओभरमा २८३ रन बनाएर अल आउट भयो। यो खेलमा पनि उनले अन्तिम नम्बरमा ब्याटिङ गर्दै ७ बलमा तीन चौकासहित १२ रन बनाए।
बलिङतर्फ उनले १२ ओभरमा ७५ रन दिए। कुनै विकेट लिन नसकेका उनले दुई वटा नो बल फ्याले ।
सिडनीका २२ टिमहरुको यो प्रिमियर ग्रेड प्रतियोगितामा अझै दुई दिवसीय म्याच र वन डे ह्वाइट बल म्याच गरी ११ राउन्डका खेलहरु हुन बाँकी छ।
८६.१ ओभरमा ५ ओभरको क्षतिमा ४२२ रन बनाएर पारामाटाले डिक्लेयर र्गयो। दोस्रो इनिङ्ग्समा १५ ओभरमा बिना कुनै क्षति ५२ रन बनाएपछि सन्दीपको टिमले पराजय भोग्नुर्पयो।
अस्ट्रेलियन वान डे वर्ल्डकप विजेता टीमका कप्तान माइकल क्लार्कको निम्तोमा सिड्नी पुगेका सन्दीपलाई विमानस्थलमा क्लार्क स्वयंले स्वागत गरेका थिए।
यु १९ विश्वकपको आयरल्यान्डविरुद्धको खेलमा ह्याट्रिक गरी सनसनी मच्चाएका सन्दीपलाई अस्ट्रेलियन लेग स्पिनर सेन वार्नसँग समेत तुलना गरिएको थियो। नेपालको राष्ट्रिय क्रिकेट टीमबाट समेत खेलिसकेका १६ वर्षीय सन्दीपले गत मेमा हङकङ क्रिकेट ब्लिट्जमा क्लार्कसँगै खेलेका थिए ।
सन्दीपको अष्ट्रेलिया बसाइको सम्पूर्ण खर्च क्लार्कले नै मिलाएका छन्। हुबलेटले यसको प्रायोजन गरिरहेको छ।
Cricket
michel clark
sandip lamichhane