प्रवास

फिनल्याण्डमा नेपाली भाषा सिकाइने

फिनल्याण्डमा नेपाली भाषा सिकाइने
कात्तिक ६ । फिनल्याण्डमा बसोबास गर्ने नेपाली बालबालिकालाई नेपाली भाषा सिकाइने भएको छ । यसका लागि एनआरएनए फिनल्याण्डले बहुसांस्कृतिक संस्थाहरुको सञ्जाल 'MONIHELI RY' सँगको सहकार्यमा कक्षा सञ्चालन हुने भएको हो । nepali-vasa कक्षा सञ्चालनका लागि तीन जना नेपाली भाषाका शिक्षक छनौट अगाडी बढाइएको एनआरएनए फिनल्याण्डले जनाएको छ । कक्षामा ७ देखि १२ र १३ देखि १७ वर्षका बालबालिका सहभागी हुनेछन् । फिनल्याण्डमा कार्यरत नेपाली परिवारसहित बस्ने र त्यहाँ जन्मिने बालबालिकाको सङ्ख्या बढ्दै गएकाले नेपाली भाषा सिकाउन लागिएको हो । फिनल्याण्डमा हेलसिन्कि सिटिले यस अघिदेखिनै नेपाली भाषाको कक्षा सञ्चालन गर्दै आएको छ ।

Nepali Bhasa phinlanda ma nepali bhasa padai hune

विशेष