देश

सप्तरी पुगेर राष्ट्रपति भण्डारीले गरिन विशेष पूजा

सप्तरी पुगेर राष्ट्रपति भण्डारीले गरिन विशेष पूजा
कात्तिक - ६ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय छिन्नमस्ता गाविसमा रहेको छिन्नमस्ता भगवती मन्दिरमा विशेष पूजापाठ गरेकि छिन् । bidhya-devi-bhandari-nepalaaja उनले मन्दिर परिसरमा रहेका शिव, नारायण तथा हनुमान मन्दिरमा पनि पूजाअर्चना गरेकि छिन् । वसरमा राष्ट्रपतिद्वारा मन्दिरका पीठाधीश महाकान्त ठाकुरबाट टीका र प्रसाद ग्रहणसमेत गरेकि छिन् । मन्दिरको पूजापछि राष्ट्रपति भण्डारीले मन्दिर परिसरमा राष्ट्रिय शान्ति मानवकल्याण हेतु नेपालमा प्रथम पटक हुन लागेको एक हजार आठ लक्ष्यचण्डी रुद्रमहायज्ञको मण्डप शिलान्यास गरिएको छ । आगामी चैत १६ गतेदेखि सो महायज्ञ सुरु हुने रुद्रमहायज्ञ समितिले जनाएको छ । पूजापछि छिन्नमस्ता मन्दिर परिसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले धार्मिक, साँस्कृतिक र जातीय विविधताले भरिपूर्ण नेपालका प्रत्येक नागरिक कुनै पनि भेदभाव नराखी शान्ति एवम् मानवकल्याणमा लाग्नुपर्ने बताइन । उनले दुई दशकदेखि मुलुकमा विद्यमान अस्थिरता, भेदभाव र द्वन्द्वले कसैलाई हित नहुने हुँदा त्यसलाई त्यागी सबैले विकासको बाटो अपनाउनुपर्नेमा जोड दिए । राष्ट्रपति भण्डारीले मन्दिरमा आफूले देशमा शान्ति र सबैको कल्याणको कामना गर्दै आराधना गरेको जानकारी दिइन् । ‘छिन्नमस्ता भगवती मन्दिरको आफ्नै ऐतिहासिक तथा पौराणिक महत्व छ, यसको विकासका लागि स्थानीय निकाय र सरकारले यथाशीघ्र पहल गर्नुपर्छ’, उनले भनिन् । विश्वका शक्तिपीठमध्ये ५२ औँ शक्तिपीठका रुपमा छिन्नमस्ता मन्दिर रहेको मन्दिरलाईसरकारले २०६५ सालमा शक्तिपीठ घोषणा गरेको पीठाधीश ठाकुरले जानकारी दिए । विसं २०६५ मा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका उपस्थितिमा पूर्वाञ्चलको १६ जिल्लाका विविध सम्मेलनमा जगत्गुरु बालसन्तले छिन्नमस्ता भगवती मन्दिरलाई शक्तिपीठ घोषणा गरेको बताइएको छ । पीठाधीश ठाकुरका अनुसार करिब एक हजार वर्ष अगाडि राजा शक्रसिंहले जङ्गलमा सिकार खेल्ने क्रममा पोखरे गुफाबाट छिन्नमस्तादेवीको मूर्ति फेला पारेपछि सामान्य मन्दिरका रुपमा स्थापना गर्नुभएकामा २०३९ सालमा भारतका तत्कालीन रेलमन्त्री ललितनारायण मिश्रले हवाईजहाज यात्रामा दुर्घटनाबाट जोगिएको खुसियालीमा भगवतीको पक्की मन्दिर अझ ठूलो आकारमा बनाएका थिए ।

bidhya bhandari Puja rastapati Saptari

विशेष