साउदी अरबमा नेपाली युवककाे मृत्यु

कात्तिक - ६ । रोजगारीका लागि साउदी अरबमा गएका झापा मेचीनगर–१ खयरडाँगीका तेजप्रसाद चम्लागाईंको मृत्यु भएको छ ।
इटहरीको जुपिटर मेनपावरमार्फत एक वर्षअघि साउदीको जेद्दा पुगेका २६ वर्षीय चम्लागाई पोल्टी फार्ममा कार्यरत थिए ।
पोल्टी फार्ममै उनको मृत्यु भएको भनी जेद्दामा कार्यरत नेपाली कामदारले खबर पठाएको र इटहरीस्थित मेनपावर कार्यालयले समेत मृत्युको लिखित जानकारी दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
मृतक तेजप्रसादको घरमा आमा र पत्नी घरमा छन् । उनका बुबाको गत वर्ष निधन भएको थियो । मृतकको शव नेपाल ल्याउनका लागि चम्लागाईंको परिवारले मेनपावर कम्पनिलाई आग्रह गरेका छन् ।
Death
Jhapa
saudi arab
tejprasad chaulagai
