एट ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि चितवनको ध्रुबतारालाई

कात्तिक - ६ । साविकको विजेता चितवनको ध्रुबतारा फुटबल क्लब दोस्रो ४० वर्षमाथि उमेर समूहको एट ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएको छ ।
रोटरी क्लब मकवानपुरको आयोजनामा भएको प्रतियोगिताको शनिबार हेटौंडामा सम्पन्न फाइनलमा क्लब मोसेस काठमाडौंलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पन्छाउँदै उपाधिलाई निरन्तरता दिएको हो ।
निर्धा्रित समय र थप गरिएको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल नभएपछि खेलको निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो ।
प्रतियोगिताको विजेता चितवनले नगद ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता काठमाडौंले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
फाइनल खेलको म्यान अफ दी म्याच चितवनका गोलरक्षक जगन गुरुङ घोषित भए । आयोजक रोटरी क्लबका सञ्जय थापा सर्वाधिक गोलरक्षक घोषित भए । उनले चार गोल गरेका थिए । चितवनका कप्तान राजेन्द्र श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले दुबई भ्रमणको टिकट समेत प्राप्त गरेका थिए ।
कात्तिक २ गतेबाट सुरु भएको प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको थियो ।
Chitwan
dhrubatara football club
football
