खेल

नेपाली तेक्वान्दोको भविष्य उज्जल छः अध्यक्ष डा. चोङवन चोले

नेपाली तेक्वान्दोको भविष्य उज्जल छः अध्यक्ष डा. चोङवन चोले
कात्तिक - ६ । तेक्वान्दो खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)का अध्यक्ष डा. चोङवन चोले नेपाली तेक्वान्दोको भविष्य उज्जल रहेको बताएका छन्। शनिबार स्वयस्भुमा आयोजित एक कार्यक्रममा उनले नेपालले तेक्वान्दो ठुलो योगदान गरेकोमा प्रसंसा गर्दै नेपालले एक दिन ओलम्पिक र विश्व तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्ने दाबि गरे। tekwando उनले भने– ‘रियो ओलम्पिकमा नेपाली तेक्वान्दोको एक मात्र सहभागीता थियो,तर सोचे अनुरुप नतिजा आउन सकेन्। तर मलाई विश्वास एक दिने नेपालले उत्कृष्ट र ऐतिहासिक नतिजा ल्याउछ।’ डा.चोले नेपालमा तेक्वान्दो लोकप्रीय हुनमा सघंको मेहनत रहेको बताउदै आगामी दिनमा अझै राम्रो गर्दै जाने जनाए । शनिबार स्वयम्भुनाथ मन्दिरमा उनको स्वागतको लागि नेपाल तेक्वान्दो सघंले आयोजना गरेको कार्यक्रममा तेक्वान्दोको डेमोस्ट्रेशन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल तेक्वान्दो सघंका अध्यक्ष प्रकास सम्सेर राणाले डा. चोलाई स्वागत गरेका थिए । स्वागत कार्यक्रममा सघंका अध्यक्ष हरिश्वर पोख्रेल,महासचिव दिपराज गुरुङ, सघंका अन्य पदाधिकारी,तेक्वान्दोका पहिलो ओलम्पियन एवम् ओलम्पिकमा तेक्वान्दो प्रदर्शनी खेलमा कास्य पदक विजेता विधान लामा, ओलम्पियनद्धय सगिंना बैद्य र दिपक विष्ट तथा राष्ट्रिय टिमका खेलाडी लगायत तेक्वान्दो कर्मिको उपस्थीती रहेको थियो । डा.चोलाई सघंले विश्वमा तेक्वान्दो खेलको विकासमा पु¥याएको योगदानको कदर गर्दै कात्तिक ९ गते विशेष अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

para tekwando

विशेष