समाज

११ बुँदै घोषणापत्र जारी गर्दै सकियो शिक्षक युनियनको महाधिवेशन

११ बुँदै घोषणापत्र जारी गर्दै सकियो शिक्षक युनियनको महाधिवेशन
कात्तिक - ६ । सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनको चौथो राष्ट्रिय महाधिवेशन ११ बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार सकिएको छ । महाधिवेशनले ज्ञानप्रसाद भट्टराईको अध्यक्षतामा ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरी ७५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । महाधिवेशनले मुलुकको शिक्षा क्षेत्रलाई सही मार्ग दिन कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरूमाथि सरकारबाट गरिएको ‘विभेद’ अन्त्य गर्न माग राखेको छ । राजधानीमा दुई दिनसम्म चलेको महाधिवेशनले अनुदान कोटामा कार्यरत शिक्षकलाई दरबन्दीको व्यवस्था गर्नुपर्ने, दरबन्दी एवं अनुदान कोटाका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाका आधारमा स्थायी गरिनुपर्ने, दरबन्दी प्राप्त नगरेका शिक्षकलाई अभिलेख प्रमाणीकरण गरी अवकाश हुन चाहेमा गोल्डेन हयान्डसेकको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

teacher union

विशेष