प्रोफाइल

८९ वर्षीय पत्रकार भैरव रिसाल जसलाई नातिले पनि दाइ भन्छन्

८९ वर्षीय पत्रकार भैरव रिसाल जसलाई नातिले पनि दाइ भन्छन्
[caption id="attachment_34379" align="alignleft" width="950"]bharat-risal भैरव रिसाल                                                                                                             फाइल तस्बिर[/caption]
कात्तिक - ६ । ८९ बर्षिय पत्रकार भैरव रिसाल नामी व्यक्ति हुन् । उनलाई नदेखेकाले पनि उनलाई रेडियोमा सुनेका हुन्छन् वा पत्रपत्रिकामा पढेका हुन्छन् । भेट्ने जति धेरैले उनलाई अंकल वा बुबा भनेर सम्बोधन गर्दछन् । श्रद्धापूर्वक गरिएको सम्बोधनले रिसालको मुहारमा चमक ल्याउदैन । उल्टो उनी गम्भीर देखिन्छन् । कारण, उनी आफूलाई दाइ भनेको सुन्न चाहन्छन् । भैरव रिसाललाई औधी सम्मान र श्रद्धा गर्ने मध्येमा पर्छन पत्रकार नरेन्द्रजङ्ग पिटर । रिसालका बारेमा कसैले पिटरसँग सोधिहाले उनी पहिलै सम्झाउँछन्, ‘दाइ, भन्नुहोला । उहाँ उमेरले बृद्ध भएपनि उर्जाका दृष्टिले युवा हुनुहुन्छ ।’ ‘म दाइ नै हुँ । मेरा नातिले त मलाई दाइ भन्छन् ।’ रिसाल रौसिदै भन्छन्, ‘म अंकल वा बुबा भनिने गरी बुढो भएकै छैन ।’ उमेरले उनका दौतरी अधिकांशले जीबनको नेटो काटिसके । कैयौँ कनिष्ठहरु थला परिसके वा डाँडामाथिको जुन भइसके । तर, उनी स्वस्थ जीबन जिइरहेका छन् । २०१३ सालदेखि सक्रिय पत्रकारिता गरिरहेका अथक सर्जक रिसाल भन्छन्, ‘तुल्सीको पातले मलाई स्वस्थ बनाएको हो ।’ उनी सबेरै उठ्छन् । तुल्सीको पाँच सातवटा पात चपाउँछन् । तातो पानी खान्छन् । दिनहुँ नुहाउँछन् । दिउँसो फलफूल चट्काउछन् । अनी नपत्याइलो शैलीमा जोशिदै पत्रकारिता थाल्छन् । उनी अहिले पनि रेडियो सगरमाथामा कार्यक्रम चलाउँछन् । उनको पत्रकारिताले राजा महेन्द्र, विपी, विरेन्द्र, ज्ञानेन्द्र देखि गणतन्त्रसम्मको अवरोह आरोह देख्यो । उनी भविस्यप्रति आशावादी छन् । भन्छन्, ‘यो मुलुक बनेरै छाड्छ । कसैले पराधिन बनाउन खोजेपनि बन्दैन, बिगार्न खोजेपनि सक्दैन ।’ राष्ट्रप्रतिको चट्टाने अडान
पत्रकारिताका नाममा अनेक रंग देखिएका छन् । दुतावासबाट पैसा लिएर पत्रपत्रिका चलाएका तथ्यहरु सार्वजनिक भएका छन् । विदेशीको खुलेयाम गुलामी गर्ने एकथरी प्रवृत्तिपनि पत्रकारितामा हावी छ । तर, यि सबै प्रवृत्तिलाई माथ खुवाउने गरी पत्रकार रिसाल उभिएका छन् । कुनै बेला तथ्याङ्क विभागको हाकीमको रुपमा सुदुरपश्चिमको जनगणना गराएका रिसाल भन्छन्, ‘लिपुलेकमात्रै होइन, पूरै कालापानी नेपालको हो । लिपुलेकमा मै हुँदा मतगणना भएको हो । म जिउँदो साक्षी हुँ ।’ पत्रकार भैरव रिसालले हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा प्रमाण प्रस्तुत गर्दैै भने, ‘लिपुलेक भारतले चाहदैमा आफ्नो बनाउन सक्दैन । नेपालको भुमी कसैले आफ्नो भन्दैमा उसको हुँदैन ।’

nepal journalist vairab risal virab risal interview with narayan poudel

विशेष