प्रोफाइल इतिहास र अनुभूति कभर स्टोरी

डा. सुरेन्द्र केसीका अन्तरंग (भिडियोसहित)

डा. सुरेन्द्र केसीका अन्तरंग (भिडियोसहित)


काठमाडौँ । अक्सर मिडियामा देखिने चर्चित  देखिने डा. सुरेन्द्र केसी मिडियामा खरो टिप्पणी गर्छन सटिक विश्लेषण गर्छन । अन्यका टिप्पणी गर्न आफूमा तर्क चाहिन्छ । डा. केसी कति समय पढ्छन् होला ? 


सार्वजनिक रुपमा मिडियामा कोही कसैले केही टिप्पणी गर्न पनि डरमर्दो छ । कतिपयले सरकार, प्रधानमन्त्रीको आलोचना तस्वीर लाइक शेयर गरेकै भरमा जेल पुग्नुपरेको यथार्थ हामीसामु छिपेको छैन । तर डा. सुरेन्द्र केसी सरकार, व्यवस्थप्रति खरो टिप्पणी गर्न छाड्दैनन् । आलोचना गर्न चुक्दैनन् । उनकै भनाईमा मुलधारका मिडियामा उनी प्रतिबन्धित छन् ।

४० सालतिरै डा. केसीलाई धरानमा विद्यार्थीले  कालोमोसो दलेका थिए । पछि चाबहिल क्याम्पसमा पढाउँदा उनले कालोमोसोको सामना गर्नुप-यो । 


कुनै बेला मिडियामा अन्तवार्ता दिनपाए हुन्थ्यो भन्ने उनै केसी अचेल विहानदेखि बेलुकासम्म अन्तवार्तामा व्यस्त हुन्छन् । तपाई पत्याउनुहुन्छ उनी कति अन्तवार्तामा व्यस्त होलान् । एक दुई तीन चार पाँच होइन ? केसी ८ ओटा सम्म अन्तर्वार्तामा व्यस्त भए । अहिले पनि डा. केसी दैनिक तीन ओटासम्म अन्तर्वार्तामा व्यस्त हुन्छन् । 


डा. केसीको भनाईमा उनी युवावस्थामा हिरो हेण्डसम थिए रे । तीन ओटी केटीसँग लव गरेका उनले अन्ततः मागेर विवाह गरे । किन त ? 


३७ वर्ष विश्व विद्यालयमा पढाएका उनले एक पटक पनि सेमिनार पेपर प्रस्तुतीका लागि विदेश पुग्न पाएनन् । तर अब आफैँ हाबर्ड विश्वविद्यालयमा पुग्ने भएका छन् । एक वर्ष अब उनी मिडियाबाट अलग हुनेछन् । 


उनै केसीको जीवन पनि संघर्ष पूर्ण छ । क्यान्सरसँग जुधिरहेका छन् । डायबिटिज छ । रोटी खान्छन् । विहान उठेर सातु खान्छन् । 


डा. केसीलाई भेटन मानिसहरु आइरहन्छन् । उनले समय मिलाएर भेट्छन् । उनै केसीले पटक पटक भिआइपीहरु भेटिरहन्छन् । कृष्णबहादुर महरा उनका मिल्ने साथी हुन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनी बालुवाटारको भिआईपी कक्षसम्म पुगेका छन् । पूर्वराजाले हालै बोलाएर एक घण्टा भेटवार्ता गरे । अन्य नेतागणसँग पनि उनको राम्रै सम्बन्ध छ । यी तमाम अवस्थाबीच डा. सुरेन्द्र केसी राजनीतिक दलका नेताको कटु आलोचना गर्न चुक्दैनन् । 


उनै केसीका जीवनका अन्तरंगबारे आज हामी भिडियो लिएर उपस्थित भएका छाैँ । 

विशेष