Technology

स्मार्टफोन पसिनाको सहायताले चार्ज गर्न सकिने

स्मार्टफोन पसिनाको सहायताले चार्ज गर्न सकिने
बहुउपयोगी उपकरण स्मार्टफोनमा चार्ज धेरै नटिक्नु प्रमुख समस्या समाधानका लागि दैनिक नयाँनयाँ विकल्प तथा उपायको खोजी भइरहेको छ । यही खोजको उपजस्वरूप पसिनाको माध्यमबाट स्मार्टफोनको चार्ज हुने भएकाे छ ।।  निकट भविष्यमै आफ्नो स्मार्टफोन पसिनाको सहायताले चार्ज गर्न सकिने छ । वैज्ञानिकहरूले पत्ता लगाएको यो तरीकाबाट मानिसको पसिनाको सहायताले विद्युतीय शक्ति उत्पन्न हुन्छ । smart-phone-with-charger लण्डनका खोजकर्ताहरूले विकास गरेको नयाँ सेन्सरले मानिसले व्यायाम गर्दा तिनको क्षमताको मापन गर्नुका साथै त्यसबाट ऊर्जासमेत उत्पन्न गर्छ । यसको नाम स्वेटपावर बायो ब्याट्री राखिएको छ, जसमा इलेक्ट्रोन प्रवेश गर्दा विद्युत् उत्पन्न हुन्छ । हाम्रै पसिनामा पाइने ल्याटेक्स एसिडको सहायताले यो उपकरणबाट बिजुली उत्पन्न हुन्छ । अनुसन्धानका क्रममा यसमा सहभागी १५ जनाले फरक–फरक मात्रामा विद्युत् सञ्चय गरेका थिए । यसमा अनौठो के थियो भने, कम व्यायाम गर्ने व्यक्तिले स्वस्थ तथा नियमित व्यायाम गर्ने व्यक्तिका तुलनामा बढी शक्ति सञ्चय गर्न सफल भए । सधैं व्यायाम गर्ने मानिस लामो समयसम्म व्यायाम गर्दासमेत कम थाक्नु यसको कारण भएको वैज्ञानिकहरूले बताएका छन् । मानिस जति धेरै थाक्छन्, त्यति नै मात्रामा ल्याटिक्स एसिड उत्पन्न हुने गर्छ । एजेन्सी

mobile charge Smart Phone

विशेष