स्वास्थ्य

अनिद्रा (insomnia) रोग-कारण, असर एवं घरेलु उपचार

अनिद्रा (insomnia) रोग-कारण, असर एवं घरेलु उपचार
isomnia-anindra-nepalaaja
राम्रो स्वास्थ्यको लागि खानपान, ब्यायम, काम प्रती ध्यान जति आवश्यक छ त्यतिनै पुरा निन्द्रा लिनु पनि जरुरी छ । राम्रो खानपान र रहनसहनको निन्द्रासँग जति सम्बन्ध छ सुन्दरता सँगपनि त्यतिनै सम्बन्ध हुन्छ । निन्द्रा न आउनु भनेको बिरामी पर्नु हो यसले स्वास्थ्यलाइ नराम्रो असर पुर्याउदछ।राम्रो निन्द्राले शारिरिक एवं मानसिक थकावट हराउदछ । कम्तिमा ७/८ घन्टा सुत्नु पर्दछ । निन्द्रा नलाग्नुको कारण
१) मानसिक स्थिती - चिन्ता, चिन्तन र क्रोध। २) उत्तेजना । ३) कब्जियत । ४) धुम्रपान मध्यपान । ५) चिया कफिको अत्याधिक सेवन । ६) अधिक खाना र मसलेदार खानाको प्रायोग । ७) शारिरिक परिश्रम नगर्नु र दिउसो सुत्ने बानी । असर
अनिन्द्राले धेरै रोगहरु निम्त्याउछ - जस्तो : मधुमेह उच्च रक्तचाप बेचैनी पाचन प्रणालिमा गडबडी लगायत अन्य रोगहरु । उपचार
१) नियमित ब्यायम र काममा ब्यस्त रहनु । २) सन्तुलित आहर सेवन गर्ने । ३) ज्यादा गुलियो, मसालेदार गरिस्ट भोजन नगर्ने । भोजनमा अन्कुरित अन्न दहि दुध र ताजा फलको सेवन गर्ने । ४) सुत्ने कोठा सफा शान्त हुनु पर्दछ । ५) नियमित सुत्ने उठ्ने समय निर्धारण गर्ने । ६) दिनमा नसुत्ने । ७) सकारात्मक सोचको बिचार राख्ने । केहि न केहि शरीरिक परिश्रम गर्ने । ८) योग ध्यानको अभ्यास गर्ने । ९) चिया कफि अल्कोहलमा परहेज रहने । १०) टि.भि. राति अबेर सम्म नहेर्ने । ११) सुमधुर सङ्गित - मुजिक थेरापीबाट पनि निन्द्रा आउछ । १२) सुत्ने समयमा एक गिलास तातो दुधमा एक चम्चा बेसार घोलेर पिएर सुत्ने । १३) सुत्नेबेलामा चिसो पानीले हातगोडा धुने र ओभाएपछी हल्का तातो तोरिको तेलले पैतालामा मालिस गर्दा निन्द्रा आउछ ।  

anindra ko karan aasar ra upachar insomnia cause and preventive measures

विशेष