समाज

आचार्यहरुको शुभकामना साटासाट

आचार्यहरुको शुभकामना साटासाट

aacharya-asamajकात्तिक ७ । आचार्य बन्धु समाज नेपालले पूर्वनिर्धारित कार्यक्रमअनुसार काठमाडौंमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । आचार्य समाजको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा निम्त्याईएका पूर्बअर्थमन्त्रीसमेत रहेका महेश आचार्यले आचार्य समाजले गरेको शुभकामना आदान प्रदान कार्यक्रम आफुलाई मार्गनिदेशन हुने बताए ।

बिशिष्ट अतिथिका रुपमा सँबैधानिक समितिका पूर्बसभापति निलाम्बर आचार्यलगायत सांसद सचिवालयका पूर्बसचिब मुकुन्द शर्मा आचार्य, नेपाल बैंकका अध्यक्ष एबम् बैंकर जनार्दन आचार्य, पत्रकार महासंघका पूर्बअध्यक्ष डा. शुरेस आचार्य, नेपाल बिद्यार्थी सँघका नेता मनोजमणि आचार्य, काभ्रेपलाञ्चोक कांग्रेसका सभापति मधु आचार्यलगायत बिशिष्ट ब्यक्तिहरुको उपस्थतिमा ब्यापक बन्धुहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा निलाम्बर आचार्यले बन्धुबान्धबहरुले बेलाबेला जमघट गरि सामाजिक कार्यमा आफ्नो उपस्थीति देखाउने कार्य राम्रो भएको बताएका थिए ।

कार्यक्रमको सभापतित्व समेत गरिरहेका समाजका अध्यक्ष एबम् उद्योगपति कृष्ण आचार्यले शुभकामना मन्तब्य दिने क्रममा समाजले चाँडै साधारणसभा गरेर नयाँ नेतृत्व चुन्ने बताउदै चाँडै राष्ट्रिय स्तरको बालन प्रतियोगीता गरेर मुलुकको सँस्कृतिको जगेर्ना गर्नेदेखि समाजलाई आर्थिक रुपमासमेत बलियो बनाउने योजना रहेको जानकारी गराएका थिए ।

उपाध्यक्ष शुरेस आचार्यले समाजका गतिबिधिहरु भूकम्प र नाकाबन्दीका कारण केहि समयदेखि संचालन हुनसकेकोमा दुःख ब्यक्त गर्दै अब द्रुत गतिमा अगाडि बढाउने उद्देश्य रहेको बताएका थिए । कार्यक्रममा समाजका उपाध्यक्ष एबम् अर्थविद् केशब आचार्यले उपस्थित बन्धुहरुलाई शुभकामना दिनुहँदै आफ्नो धारणा राखेका थिए ।

आचार्य बन्धु समाजका माहासचिब बाबुराम आचार्यको संयोजकत्वमा सफलतापूर्बक सम्पन्न भएको कार्यक्रममा कानुनविद मोहनलाल आचार्यले कार्यक्रम संचालन गरेका थिए ।

विशेष