एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न
कात्तिक ७ । पिपुल्स मेडिकल कलेज, मार्क नेपाल र प्रथम पाइला मासिक पत्रिकाको संयोजनमा स्वास्थ्य सेवा समाज नेपालले शनिबार राजधानीको दहचोकमा निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको छ ।
ख्याति प्राप्त बिशेषज्ञ डाक्टरहरुले १ सय ५० जना बिभिन्न रोगका बिरामीको निशुल्क स्वास्थ्य जाँच गरेका थिए । शिबिरमा बिरामीलाई निशुल्क औषधिको पनि ब्यबस्था गरिएको थियो । ति मध्ये २० जनालाई अस्पतालमा पुराएर थप उपचारको ब्यबस्था मिलाइएको आयोजक मध्येका एक मार्क नेपालका मनोबिद गोपाल ढकालले जानकारी दिएका छन् । यी संस्थाले यस अघि पनि पटक पटक यस प्रकारको निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएका छन् ।