मनोरञ्जन

‘ए दिल है मुश्किलमा कुनै किस सिन छैन’ — करण जोहर

‘ए दिल है मुश्किलमा कुनै किस सिन छैन’ — करण जोहर

karan कात्तिक ७ । करण जोहर निर्देशित फिल्म ‘ए दिल है मुशिकल’को ट्रेलर र केही गीतहरु रिलिज भए लगत्तै ऐश्वर्या राय बच्चन र रणवीर कपूरलाई लिएर निकै चर्चा परिचर्चा भए । ट्रेलर हेरेर धेरै दर्शकले फिल्ममा ऐश्वर्या र रणवीरको बोल्ड सिन छ भनेर अनुमान पनि लगाए ।

तर फिल्मका निर्देशक करण जोहरले दर्शकको यो अनुमानलाई काटेका छन् । फिल्ममा कुर्नै पनि किस सिन र अंग प्रदर्शन नभएको दाबी करणले गरेका छन् । एक कार्यक्रममा उपस्थित हुँदा करणले उक्त कुरा खुलाएका थिए ।

फिल्ममा कुनै किस सिन नभएको र ऐश्वर्या आफ्नो मर्यादा वाहिर नगएको र सेन्सरले कुनै पनि दृश्यलाई नकाटेको करणले बताए । पाकिस्तानी कलाकार फवाद खान अभिनित फिल्म भएकाले उरी हमला पछि फिल्म विवादमा परेको छ ।

विशेष