मनोरञ्जन

वर खोज्दै पवनकली

वर खोज्दै पवनकली
pawankali कात्तिक ७ । उमेर भन्न नमिल्ने, उचाइँ ५ फिट ८ इञ्च, शिक्षा म्यानेज्मेन्टमा स्नातकोत्तर, हालको बसाइ अमेरिकाको न्युयोर्क, जन्मस्थान भद्रपुर, झापा माम्पी घोषको बायोडाटाबाट अहिलेलाई यत्ति मात्र साभार गर्न मिल्छ, किनभने उमेर, तलब आदि नसोध्नु रे । कान्तिपुर टेलिभिजनबाट विगतमा प्रसारण भएको ‘द पवनकली शो’ की दोस्री पवनकली हुन— माम्पी घोष । बंगाली परिवारकी माम्पी अब बल्ल विवाहको मुडमा छिन् । दसैंका बेला देश फर्किएकी अमेरिकी ग्रिनकार्ड होल्डर माम्पीले दसैंभरि नेपालमा आफू सुहाउँदो वर खोजिन् । माम्पीले आफूभन्दा अलिकति अग्लो, पढाइ सकेसम्म आफूजति नभए व्यवसायी भए पनि हुने, सकेसम्म आफूले राम्रो कमाउने वरको खोजी गर्न थालेको एक वर्ष भैसकेको छ । ‘भनेजस्तो केटा पाउन गाह्रो रहेछ ।’ माम्पीले अनौपचारिक हुँदै भनिन् । कोही छन् त सिंगल माम्पीसँग मिंगल हुन चाहने ।

Pawankali

विशेष