मनोरञ्जन

डिजे तामाको कट्टु पार्टी

डिजे तामाको कट्टु पार्टी

डिजे तामाले हरेक वर्ष गर्दै आएको हाफ पाइन्टमा मात्र प्रवेश गर्न पाइने ‘कट्टु डान्स पार्टी’ गत वर्ष हुन पाएन । यस पटकको तिहारपछि उनले आफ्नो उक्त पार्टीलाई निरन्तरता दिँदै छन् ।

चार वर्षअघि भैरहवाबाट थालनी भएको ‘कट्टु डान्स पार्टी’ लाई डिजे तामाले यसपटक यात्राको रूप दिँदैछन् । पौडी पोखरीको छेउमा हुने यस्तो पार्टी यसपटक पोखरा, बिर्तामोड, भैरहवा, नवलपरासी, भरतपुर आदि स्थानमा सञ्चालन गर्ने तयारी छ ।

क्लब, पब, डिस्को आदिमा सधैं चहलपहल हुने भएकाले काठमाडौंमा उक्त पार्टीको रौनक नहोला भनेर सञ्चालन नगरिएको डिजे तामा बताउँछन् । ‘कट्टु डान्स पार्टी’को आयोजना म्युजिक डेस्टिनी इन्टरटेन्मेन्टले गर्नेछ ।

Kattu Party

विशेष