मनोरञ्जन

सलमानका फ्यानलाई खुशीको खबर

सलमानका फ्यानलाई खुशीको खबर

salman

कात्तिक ७ । बलिउडका सुपरस्टार सलमान खानका फ्यानका लागि खुशीको खबर आएको छ । सामान्यतः सलमानका धेरैजसो फिल्म इदमा रिलिज हुने गर्दछन् । अब २०१७ को इदमा ‘ट्युबलाइट’ रिलिज हुने पक्का भएको छ ।

सलमानले फिल्मको मनाली सेड्यूल पूरा गरेसँगै फिल्म रिलिज हुने पक्का भएको हो । फिल्मका निर्देशक कबीर खानले सामाजिक सञ्जालमार्फत सलमानको ब्ल्याक एण्ड हवाइट तस्विर राख्दै मनाली सेड्यूल पुरा भएको जानकारी दिएका हुन् ।

उक्त फिल्ममा सलमानका भाइ सोहिल खानको पनि मुख्य भूमिका रहेको छ । सलमानले निर्देशक कबिर खानको साथमा ‘एक था टाइगर’ र ‘बजरंगी भाइजान’ जस्ता दुई फिल्म गरिसके । यो भने उनको कबीरसँग तेस्रो फिल्म हो ।

salman khan

विशेष