स्वास्थ्य

नमिल्ने ब्रा लगाउनुहुन्छ ? होसियार

नमिल्ने ब्रा लगाउनुहुन्छ ? होसियार

 स्तनको आकार मिलाउन वा स्तनलाई आकर्षक ढंगले सजाउन ब्रा लगाइन्छ । तर,अधिकांश महिलाहरु आफ्नो शरिरको बनावटलाई ध्यानमा नराखी ब्रा किन्ने गर्दछन् । कतिलाई ब्राको कारण शरिरमा असहज महशुश पनि हुन्छ । तर, उनहिरु पिडा सहन तयार हुन्छन् असहजता किन भयो भनेर चासो देखाउदैँनन् । विभिन्न अध्ययनअनुसार, नमिलेको ब्रा लगाउनाले स्वास्थमा प्रतिकूल प्रभाव पारेको हुन्छ ।

यस्ता छन् शरिरमा नमिल्ने ब्रा लगाउनुका बेफाइदा ।

काँधमा नीलो डाम वा छाला कोतरिएको अवस्थामा तपाईंमा संक्रमण इन्फेक्सनको खतरा हुन्छ । शरिरमा नमिल्दो ब्रा लगाउनाले निलो डाम बसछ । फिट नभएको ब्राले स्तनलाई अड्याउँदैन, जसका कारण घाँटी र पछाडिको मांसपेशीमा अनावश्यक दबाब पर्न जान्छ । यसले घाँटीमा हुने रक्तप्रवाहलाई रोकिदिनुका साथै घाँटीको मांसपेशीमा बढी भार पर्दा टाउको दुख्ने गर्छ ।

नमिलेको वा बढी कसिलो ब्राले छाती वरपरको भागमा डाम बसाल्नुका साथै श्वास फेर्नसमेत कठिनाइ हुन्छ । कहिलेकाहीँ पाखुरामा पिनले घोचेजस्तो महसुस भएको छ भने यो सबै फिट नभएको ब्राको परिणाम हो । नमिलेको ब्रा लगाउँदा छातीका दुई ठूला मांसपेशीमा हुने दबाबले रक्तप्रवाहमा समस्या ल्याउँछ ।  ब्राले कहिलेकाहीँ शरीरको अवस्था र स्वरुपमा पनि प्रभाव पार्छ । नमिलेको ब्रा लगाउँदा कुम कुप्रो परी शरीरको आकृति नै बिग्रेको देखाउँछ ।  सुन्दा अचम्म लाग्न सक्छ तर कतिपय अवस्थामा असन्तुलित ब्राले पेटमा गडबडी हुनुका साथै बारम्बार पेट दुख्ने र पखालासमेत लाग्छ ।

Bra brain

विशेष