Technology

स्मार्टफोन तात्ने समस्या छ ? यसो गर्नुहोस्

स्मार्टफोन तात्ने समस्या छ ? यसो गर्नुहोस्

smart-phone एजेन्सी — आजकल स्मार्टफोनको ब्याट्री चाँडो तात्ने र पड्कने खबरहरु आएका छन् । मोबाइल तात्ने समस्या सबै स्मार्टफोन भएकाहरुको साझा समस्या बनेको छ । फोनलाई पूर्ण रुपमा तात्नबाट रोक्न नसके पनि फोन तात्ने समस्यालाई नियन्त्रणमा ल्याउन भने सकिन्छ । त्यसकारण यसबारेमा गहन अध्ययन गर्नु जरुरी छ । धेरै ग्राफिक भएको गेम र एकैसाथ धेरैवटा एप चलाउनाले फोन चाँडो तात्छ ।

यस्तो स्थितीमा फोनको प्रोफेसरलाई बढि काम गर्नुपर्ने हुन्छ । त्यसैकारण फोनको ताप बढ्छ । धेरै एप यसले गर्दा स्मार्टफोनभित्र रहेको कुलिङ सिस्टम तुरुन्तै चिसो हुन पाउँदैन ।

स्मार्ट फोन तात्दा त्यसले काम गर्ने क्षमता घट्दै जान सक्छ । त्यसकारण यसले विस्तारै काम गर्न थाल्छ । स्मार्टफोनको तापक्रमलाई नियन्त्रणमा ल्याउन स्मार्ट थर्मोमिटर, डिवाइस थर्माेमिटर, र सिपियू टेम्प्रेचरजस्ता एपको प्रयोग गर्न सकिन्छ । यसकासाथै एकै समय धेरै एप चलाउन कम गर्नाले पनि फोनको ताप कम हुन्छ ।

Smart Phone

विशेष