टेलिकमले पायो फोर जी सञ्चालनको अनुमति, इन्टरनेट सरर

कात्तिक - ७ । नेपालको एकमात्र सरकारी दूरसञ्चार सेवा कम्पनी नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनको लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट अनूमति पाएको छ ।
शुक्रबार बसेको बैठकपछि प्रधिकरणको सञ्चालक बोर्डले अनूमति दिने भनी माइनुट उठाएको हो । बोर्डले माइनुट गरेको फाइलमा हस्ताक्षर भने कात्तिक ७ वा ८ मै हुनेछ ।
टेलिकमलाई १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्ड मार्फत १५ मेगाहर्ज फोरजी सेवा सुरु गर्न पाउने गरि अनूमति दिइएको हो । अब भने टेलिकमले १० मेगाहर्जबाट टु जी र थ्री जीसेवालाई निरन्तरता दिने छ भने ५ मेगाहर्जबाट फोरजी सञ्चालन गर्ने छ ।
दशैँ अगावै गरिएको फोरजी सञ्चालनको मागअनुसार टेलिकमले अनुमति पाएको दुई महिनाभित्र काठमाडौँ र पोखराको शहरी क्षेत्रमा फोरजी सुरु गर्ने कार्ययोजना बनाएको थियो । टेलिकमले पेश गरेको उक्त कार्ययोजना अनुरुप टेलिकमलाई फोरजी सञ्चालनको अनूमति दिइएको हो ।
nepal telicome
