खेल

आर्सनल लिगको शीर्ष स्थानमा

आर्सनल लिगको शीर्ष स्थानमा
कात्तिक –७ । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई पछि पार्दै आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको छ । arsanal लिग अन्तर्गत शनिबार राति भएको खेलमा मिडल्सबर्गसँग गोलरहित बराबरीमा रोकिएको आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । यसअघि लिगका लगातार ६ खेल जितेको आर्सनलले मिडल्सबर्गसँगको खेलमा गोल गर्ने केही सुन्दर मौका पाए पनि गोलरक्षक भिक्टर भाल्डेसले बचाउ गरे । मिडल्सबर्गले पनि गोल गर्ने केही सुन्दर मौका बनाएको थियो । तर आर्सनलका गोलरक्षक पेट्र सेचले सफल हुन दिएनन् । इन्जुरी समयमा मेसुट ओजिलले गरेको गोल प्रयास अफसाइड भएको कारण आर्सनल बराबरीमा रोकियो । शीर्ष स्थानको आर्सनलको ९ खेलबाट २० अंक छ । त्यस्तै तल झरेको म्यानचेस्टर सिटीले एक कम खेलमा १९ अंक बनाएको छ । आर्सनलका प्रशिक्षक आर्सेन वेङगर भने जन्मदिनको समयमा आफ्नो टिम विजयी नहुँदा निराश भए ।

arsenal english premer ledgue khelko sirsha sthan ma manchester city

विशेष